रोट्र्याक्ट ३२९२, जोन-१४ द्वारा “जोनल ओलम्पिक सम्मान समारोह” सम्पन्न
चितवन | रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तरगत जोन १४ द्वारा आयोजना गरिएको जोनल ओलम्पिक सम्मान समारोह शनिबार दियालो फूडल्याण्ड, भरतपुरमा भव्य रूपमा सम्पन्न भयो। ओलम्पिक प्रतियोगितामा सक्रिय सहभागी जोन १४ का १२ क्लबहरू, निर्णायकहरू, स्वयंसेवकहरू र अग्रजहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा १०० भन्दा बढी सहभागीहरू उपस्थित थिए।
कार्यक्रमका प्रमुख अतिथि सन् २०२६-२७ का लागि रोट्र्याक्ट जिल्ला प्रतिनिधि मनोनित प्रकाश गैरे शर्मा, विशिष्ट अतिथिको रूपमा डिस्ट्रिक्ट ३२९२ का चार्टर डी.आर.आर. राजन पिया, र विशेष अतिथिको रूपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि.का प्रिन्सिपल वाई.बी. पौडेलको उपस्थिति रहेको थियो। शर्माले रोट्र्याक्टले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास, सामाजिक सेवा, तथा समुदाय निर्माणमा योगदान पुर्याउने सुनौलो अवसर दिने बताउनुभयो।
चार्टर डी.आर.आर. राजन पियाले सम्बोधनको क्रममा ...




















