Advertisement

‘जन्मदिनको उपहार स्वरूप म आज आफूलाई कारागार पठाउँदै छु’

काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शनिबार सामाजिक सञ्जालमार्फत कारागार फर्किने घोषणा गरेका छन्। जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका उनले आज जन्मदिनको उपहार स्वरुप पुनः कारागारमा जाने तयारीमा रहेको बताए।

उनले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप समेत लगाए। साथै लामिछानेले नयाँ सरकारलाई २०४६ सालपछिका नीतिगत निर्णय र उच्च पदस्थको सम्पत्तिको छानबिन गर्ने, देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति रद्द गर्न, कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्ति प्रक्रिया खोल्न र विश्वविद्यालय तथा राजदूतहरूको नियुक्तिमा मेरिटोक्रेसी लागू गर्न आग्रह समेत गरेका छन्।  लामिछानेले जेनजी आन्दोलनका क्रममा बालबालिका मारिएको र सरकारी संरचनाहरूमा आगो लागेको घटनाको छानबिन हुनुपर्नेमा जोड दिएका छन्। “बच्चाको टाउकोमा गोली हानेर मार्ने, सरकारी संरचनामा आगो लगाउने जिम्मेवार तत्काल कारबाहीको दायरामा आउनुपर्छ,” उनले भनेका छन्।

उनी आफ्नो पार्टी सदस्यलाई पार्टी निर्माणमा जुट्न आह्वान समेत गरेका छन्। लामिछानेले नयाँ सरकार र जेनजीलाई शुभकामना व्यक्त गर्दै, देशभरका पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा योगदान दिन अपिल गरेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज