‘जन्मदिनको उपहार स्वरूप म आज आफूलाई कारागार पठाउँदै छु’

काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शनिबार सामाजिक सञ्जालमार्फत कारागार फर्किने घोषणा गरेका छन्। जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका उनले आज जन्मदिनको उपहार स्वरुप पुनः कारागारमा जाने तयारीमा रहेको बताए।

उनले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप समेत लगाए। साथै लामिछानेले नयाँ सरकारलाई २०४६ सालपछिका नीतिगत निर्णय र उच्च पदस्थको सम्पत्तिको छानबिन गर्ने, देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति रद्द गर्न, कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्ति प्रक्रिया खोल्न र विश्वविद्यालय तथा राजदूतहरूको नियुक्तिमा मेरिटोक्रेसी लागू गर्न आग्रह समेत गरेका छन्।  लामिछानेले जेनजी आन्दोलनका क्रममा बालबालिका मारिएको र सरकारी संरचनाहरूमा आगो लागेको घटनाको छानबिन हुनुपर्नेमा जोड दिएका छन्। “बच्चाको टाउकोमा गोली हानेर मार्ने, सरकारी संरचनामा आगो लगाउने जिम्मेवार तत्काल कारबाहीको दायरामा आउनुपर्छ,” उनले भनेका छन्।

उनी आफ्नो पार्टी सदस्यलाई पार्टी निर्माणमा जुट्न आह्वान समेत गरेका छन्। लामिछानेले नयाँ सरकार र जेनजीलाई शुभकामना व्यक्त गर्दै, देशभरका पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा योगदान दिन अपिल गरेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज