Advertisement

कालिका–३ मा एड्वानको बेमौसमी तरकारी खेती तालिम

कालिका । सीमान्तकृत महिलाहरूको जीविकोपार्जन तथा आर्थिक सुधार परियोजनाअन्तर्गत करुणा ट्रस्ट युकेको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय सरकारको समन्वयमा नेपाल दलित महिला उत्थान संघ (एड्वान)ले कालिका नगरपालिका वडा नं–३नवकिरण टाेलमा सञ्चालन गरेको सात दिने मौसमी, बेमौसमी तरकारी तथा लहरेबाली खेती तालिम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुखअतिथि कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले तालिममा सिकेका सीप र ज्ञान व्यवहारमा लागू गर्दै ‘समृद्ध कालिका : सुखी कालिकावासी’को निर्माणमा जुट्न आग्रह गरे ।

उनले एड्वानसँगको सहकार्यमा विभिन्न तालिम प्रदान गर्दै आएको बताउँदै कृषि उत्पादनसँगै आयआर्जनमा लाग्नुपर्नेमा जोड दिए । उनले कृषिकहरुकाे क्षेती कम गर्न र भैपरि आउने घटना बाट जाेगिन विमा गर्न सुझाव दिएका छन । साथै सिचाईकाे समस्या समाधनकाे लागि थ‍पाे सिचाइ प्रविधि अपनाउने उनले बताए ।

यस्तै, वडाध्यक्ष वीरेन्द तामाङले महिला दिदीबहिनीहरु संगठित भएर तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्दै बिषादीरहित कृषि उत्पादन गर्न जोड दिए ।

कृषि विज्ञ शिवराज पौडेल नेतृत्वको प्रशिक्षक टोलीले सहभागीहरुलाई तरकारी खेतीबारे तालिम दिएका थिए ।

नेपाल दलित महिला उत्थान संघ (एड्वान)की अध्यक्ष विन्दु परियारले महिलाहरुको सशक्तीकरणको क्षेत्रमा एड्वानले काम गरिरहेको बताइन् । उनले महिला दिदीबहिनीहरुलाई तालिम सकिएपश्चात् बीउ पुँजीस्वरुप ५० हजार रुपैयाँ प्रदान गरिएको बताइन् । एड्वानले क्षमता अभिवृद्धि, जीविकोपार्जन र वित्तीय साक्षरताको क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिइन् ।

तालिममा माटो परीक्षण, माटोको अम्लियपन, बिषादीको प्रयोग, बीउ राख्ने र सार्ने समय, मलखादलगायतका विषयमा प्रशिक्षण दिइएको सहजकर्ता कमला पन्थीले जानकारी दिइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज