काठमाडौँ, ३० भदौ | प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विस्तार भएको छ । सोमबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीनजना मन्त्रीहरूलाई शपथ गराएका छन् ।

नवनियुक्त मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ । पहिलो नम्बरमा अर्थमन्त्री खनाल छन् भने दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङ रहेका छन् । तेस्रोमा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल छन् ।

प्रधानमन्त्री कार्कीले तीनै जनालाई आइतबार साँझ नियुक्त गरेकी थिइन् । तीनै जना मन्त्रीले सोमबार शपथ लिएसँगै पदभार ग्रहण गर्दैछन् ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।