चितवनमा विश्व रक्तदाता दिवस : १,७१७ जनाले रक्तदान गरी बनाए राष्ट्रिय रेकर्ड

चितवन, ३१ जेठ । ब्लड डोनर्स सोसाइटी चितवनले विश्व रक्तदाता दिवस २०२५ को अवसरमा शनिबार भरतपुरस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा रक्तदान महोत्सव आयोजना गरेको छ । रगतको अभावले उपचारमा कठिनाइ भइरहेको अवस्थामा आयोजित यो महोत्सवमा १,७१७ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले एक समारोहबीच गरिन् । बिहान ७ बजेदेखि बेलुकीसम्म चलेको रक्तदान कार्यक्रममा रत्ननगर क्षेत्रबाट मात्रै करिब ५०० जनाले रक्तदान गरेको ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालले जानकारी दिए । रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत संकलन गर्दै राष्ट्रिय रेकर्ड समेत कायम गरेको उनले दावी गरे ।

मेयर दाहालले चितवन अस्पतालहरूको केन्द्र बन्दै गएको सन्दर्भमा यस्ता महोत्सवले रगतको अभाव समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “रक्तदान मानव जीवनको महत्वपूर्ण कार्य हो, जसले कसैको ज्यान बचाउन सक्छ । रक्तदातालाई प्रोत्साहन गर्न जरुरी छ ।”

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले नयाँ रक्तदातालाई प्रेरित गर्न र रक्तदानबारे समाजमा रहेको भ्रम हटाउन युवाहरूलाई जागरुक बनाउनुपर्ने बताए । ब्लड डोनर्स सोसाइटी चितवनका अध्यक्ष अर्जुन अधिकारीले ‘एक घर, एक रक्तदाता’ अभियानमार्फत रक्तदाताको सङ्ख्या बढाउने प्रयास भइरहेको जनाए ।

महोत्सवमा १,५०० युनिट रगत सङ्कलन गर्ने लक्ष्य राखिएकोमा सोभन्दा बढी रगत सङ्कलन भएकोमा आयोजकले सबै रक्तदातालाई धन्यवाद दिए । कार्यक्रममा १०० भन्दा बढी पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको थियो ।

सोसाइटीका अनुसार चितवनका अस्पतालमा दैनिक १५० युनिट रगतको माग छ, तर प्रादेशिक रक्तसञ्चार केन्द्रमा औसतमा ३०–४० युनिट मात्र उपलब्ध हुन्छ । यो महोत्सवले रगतको माग र आपूर्तिबीचको खाडल कम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

रक्तदानप्रति जनचेतना फैलाउन र नयाँ रक्तदातालाई प्रोत्साहित गर्न यो कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको छ । ब्लड डोनर्स सोसाइटीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिंदै रगतको नियमित आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज