Advertisement

रत्ननगर विवरण संकलन र कार्यालय सञ्चालनको तयारीमा जुट्ने

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आगजनीबाट भएको क्षतिको विबरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । शनिबार बसेको १७२औं कार्यपालिका बैठकले तोडफोड र आगजनीको घटनप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना तथा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गरेको छ ।

नगरपालिका पूर्णरुपमा ध्वस्त रहेको बेला तत्काल कार्यालय सञ्चालन गर्न सक्ने अबस्था नरहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । नगरपालिका र वडा कार्यालयमा आगजनीबाट भएको क्षतिको विबरण संकलन गर्ने र सकेसम्म छिट्टै कार्यालय सञ्चालन गर्ने गरी उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने, जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय सरसफाई गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रकास खनालले जानकारी दिए ।


कार्यपालिका बैठकमा जेन्जी आन्दोलनमा सहभागी भएर नगरपालिका र वडा कार्यालयमा आजगनी र तोडफोडमा केही कर्मचारीहरु समेत संलग्न रहेको भन्दै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले त्यस्ता कर्मचारीको पहिचान गरी तत्काल बरखास्त गर्न माग गरेका छन् । बैठकले आन्दोलनमा सहभागी भएका कर्मचारीको पहिचान गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले नगरपालिका नै ध्वस्त हुने गरी गरिएको आगजनी र तोडफोडको घटना केलाउदै स्थानीय कार्यालय सञ्चालन कहिलेबाट गर्ने भन्ने निर्णय अर्को कार्यपालिका बैठकले गर्ने निर्णय गरेको छ ।


कार्यपालिका बैठकमा मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक तथा वडाध्यक्षहरुले जेन्जी आन्दोलनले निम्त्याएको परिस्थिति र अबको निकासको बारेमा धारणा राखेका थिए । जेन्जी आन्दोलनका कारण रत्ननगर नगरपालिकाका दुईवटै प्रशासनिक भवन तथा १६ वटै वडा कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । आगजनीबाट नगरपालिकाका सबै सवारी साधन र महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज