नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ।
विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिएको नेपाल यसपटक कम्तीमा सेमिफाइनल पुग्ने लक्ष्यमा छ।
ऐतिहासिक पदक जित्ने दृढ संकल्पसहित नेपाली टोली जापानमा हुने प्रतियोगिताका लागि सहभागी हुँदैछ।
काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ।
सुबिसु र सुदूरपश्चिम रोयल्सबीच एनपिएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौता भएको हो।सहकार्यसँगै टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा सुबिसुले साझेदारी गर्नेछ।
सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए।
“यस सहकार्यबाट हामी खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई अझ नजिकबाट जोड्ने प्रयास गर्नेछौँ,” उनले भने, “नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहनेछ।”
सुबिसु लिमिटेडका अध्यक्ष सुरेन्द्र बहादुर श्रेष्ठले एनपिएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको बताए। सुदूरपश्चिम रोयल्ससँगको सहकार्य स...
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छन् । उनले करिब १२ बजे पोस्ट गरेको उक्त स्टाटसमा अमेरिका, भारत र चीनसहित नेपालका प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र माओवादी केन्द्रलाई लक्षित गर्दै एक अशोभनीय अङ्ग्रेजी शब्द प्रयोग गरेका थिए ।
विवाद चुलिएपछि बालेनको आधिकारिक फेसबुक पेजबाट उक्त पोस्ट गायब छ । यही सन्दर्भमा हाल सामाजिक सञ्जाल फेसबुकमा एउटा च्याटको स्क्रिनशट भाइरल भइरहेको छ, जसमा बालेनलाई कुराकानीमार्फत उक्त पोस्ट डिलिट गर्न बाध्य पारिएको दाबी गरिएको छ । दाबी
फेसबुकमा एमाले नेता एवम् निवर्तमान सांसद् सूर्य थापाले आइतबार बिहान ६ः३६ बजे लामो स्टाटस राखे ।
यो सामग्री तयार पार्दासम्म एमाले नेता थापाको उक्त...
काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतबासम्म शिक्षकरूको तलब नदिए विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले दसैँ, तिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन निर्देशन दिएका हुन्।
शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको जानकारी दिँदै आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने मन्त्री पुनले चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना–दसैँ तथा तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद...
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले लाजिम्पाटस्थित ब्युरोको कार्यालयमा तोडफोड गरेका थिए । ब्युरोको आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेको कागजात प्रदर्शनकारीले जलाएका थिए ।
सीआईका अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री अर्यालले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने बताएका छन् । ब्युरोको अनुगमन पछि अर्यालले भने, ‘अब ब्रेक थ्रु हुन्छ ।’ मन्त्रिपरिषद्ले सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीलाई सरुवा गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कमान्ड गरेका केसीले जिम्मेवारी समालेपछि ब्युरोमा पुगेका अर्यालले राजनीतिक कनेक्सनको आधारमा रोकिएका वित्तीय अपराध र भ्रष्टाचारको अनुसन्धानमा अघि बढ्ने बताए । उनले भने, ‘राजनीतिक कनेक्सनको आधारमा अवरोध आइरहेको अनुसन्धान अघि बढ्छ ।’
...
काठमाडौँ, ३० भदौ | प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विस्तार भएको छ । सोमबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीनजना मन्त्रीहरूलाई शपथ गराएका छन् ।
नवनियुक्त मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ । पहिलो नम्बरमा अर्थमन्त्री खनाल छन् भने दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङ रहेका छन् । तेस्रोमा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल छन् ।
प्रधानमन्त्री कार्कीले तीनै जनालाई आइतबार साँझ नियुक्त गरेकी थिइन् । तीनै जना मन्त्रीले सोमबार शपथ लिएसँगै पदभार ग्रहण गर्दैछन् ।...
रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले बाँकी रहेको कार्याकालको मासिक सेवा सुबिधा वापतको रकम पुनर्निमाणमा योगदान गर्ने घोषणा गरेका छन् ।
शनिबार सम्पन्न १७२औं कार्यपालिका बैठकमा बोल्दै उनले मेयरको हैसियतमा आफुले पाउने तलब र भत्ता वापतको रकम नगरपालिका र वडा कार्यालयको पुनर्निमाणमा लगाउने घोषणा गरेका हुन् । नगरको विकास र नगरबासीको हितमा काम गर्ने आफ्नो इच्छाशक्तिबाट आफु विचल्लित नरहेको भन्दै उनले नयाँ उर्जा र हिम्मतका साथ नगरको चौतर्फी विकासमा क्रियाशिल रहने बताए ।
उनले स्थानीय सरकारलाई पुरानै अबस्थामा फर्काउने गरी काममा जुट्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका छन् । जेन्जी आन्दोलनका क्रममा नगरपालिका र वडा कार्यालयमा तोडफोड र आगजनी भएपछि बसेको कार्यपालिका बैठकले विभिन्न निर्णय गरेको छ । आगजनीबाट भएको क्षतिको विबरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय ग...
९ भदौ, काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चुन्नका लागि सभामुख देवराज घिमिरेले समय तोकेका छन् ।
यही भदौ ११ गते निर्वाचन हुने भएसँगै उक्त पदमा सम्भावित चार जना सांसदहरू आकांक्षी देखिएका छन् ।
नेकपा एमालेले कांग्रेसलाई सभापतिमा सघाउने बताउँदै आएको छ । २७ सदस्यीय समितिमा कांग्रेसका ९ जना छन् ।
नेकपा एमालेका ६ जना छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ । यो सभापति निर्वाचनका लागि बहुमत हो ।
यसबाहेक समितिका सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सर्वेन्द्र नाथ शुक्ला र जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई सदस्य छन् । यो ३ थपिंदा समितिमा सत्तापक्षको संख्या १८ पुग्छ ।
राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा...
चितवनका सात पालिकामध्ये रत्ननगरमा स्क्रब टाइफसका सबैभन्दा धेरै बिरामी भेटिएका छन्। साउन १ देखि २० गतेसम्म ८८९ जनाको परीक्षणमा ४० जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमा १४ जना रत्ननगरका छन्। भरतपुर, माडी र इच्छाकामनामा १/१ जना, खैरहनी र कालिकामा ६/६ जना, राप्तीमा २ जना र अन्य जिल्लाबाट ९ जनामा सङ्क्रमण देखिएको छ।
स्क्रब टाइफस मुसामा पाइने माइटको टोकाइबाट सर्ने रोग हो। जनस्वास्थ्य कार्यालयले सरसफाइमा ध्यान दिन र कीराको टोकाइबाट जोगिन आग्रह गरेको छ।
...
बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। नेकपा एमाले र कांग्रेस गठबन्धनबाट ६४ सांसदको समर्थनमा उनी नियुक्त भएका हुन्। उनले पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन्।
मुख्यमन्त्री बन्न उनले आफ्नै दलका नेता बहादुर सिंह लामालाई अविश्वास प्रस्तावमार्फत हटाएका थिए। साउन १५ मा दलको नेतामा २२ मतसहित निर्वाचित भएका बानियाँ कांग्रेस बागमती प्रदेश सभापतिसमेत हुन्।
मकवानपुरको हर्नामाडीमा जन्मिएका बानियाँ ०४४ सालदेखि राजनीतिमा सक्रिय छन्। विद्यार्थी राजनीतिबाट सुरु गरेका उनले तरुण दल, कांग्रेस जिल्ला नेतृत्व, संविधानसभा सदस्य, राज्यमन्त्री हुँदै हाल प्रदेशसभा सदस्य र अब मुख्यमन्त्रीसम्मको यात्रा तय गरेका हुन्।
...