रत्ननगर उवासंघमा उद्घोषण तथा माइन्यूट लेखन तालिम

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघमा उद्घोषण कला, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम सुरु भएको छ । रत्ननगर नगरपालिकाको सहयोगमा आयोजित उक्त तालिमको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो अबसरमा उनले संघले उद्यामशिलता विकास र नेतृत्व विकासमा गरेको कामको अनुशरण गर्न योग्य रहेको बताए । निजी क्षेत्रले व्यवसायिक सुरक्षासंगै सामाजिक उत्तरदायित्व बहन गर्न सके विश्वास बढ्ने उनको भनाई छ । संघका अध्यक्ष शंकर गिरीले उद्यमी महिलाहरुलाई क्षमता तथा नेतृत्व विकासका लागि उद्घोषण कला, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम आयोजना गरिएको बताए । नेतृत्व तहमा पुग्ने सम्भावना भएका उद्यमी महिलाहरुलाई केन्द्रीत गरी तालिम गरिएको उनको भनाई छ । लायन्स क्लयका नेता निरज श्रेष्ठले बैठक सञ्चालन तथा माइन्यूट लेखन तथा सञ्चारकर्मी रामकान्त पौडेलले उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिनेछन् । संघकी कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा संघका कार्यसमिति सदस्य रघुनाथ भट्टले कार्यक्रमको उद्देश्यमाथि प्रकास पारेका थिए । तालिममा ४० जनाको सहभागिता रहेको छ । रत्ननगर उद्योग बाणिज्य संघले स्थानीय सरकारको आर्थिक सहयोगमा महिलाहरुलाई उद्यामी बनाउन सीप मुलक तालिम सञ्चालन गरिरहेको छ । कार्यक्रम संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...

एसियाली खेलकुदमा इतिहास बदल्ने लक्ष्यमा नेपाल

नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिए...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज