प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती प्रदेश सरकारको निर्णय
हेटौंडा । बागमती प्रदेश सरकारले जेनजी प्रदर्शनका क्रममा सवारीसाधनमा क्षति पुगेका प्रहरी कार्यालयका लागि मोटरसाईकल उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारले करिब ३ करोड रूपैयाँ बराबर मूल्य पर्ने ८५ वटा मोटरसाइकल दिने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
जेनजी प्रदर्शनको क्रममा प्रदेशभित्रका प्रहरी कार्यालयहरूको सवारीसाधनमा क्षति पुगेको छ । चाडपर्वको समयमा सुरक्षा चुनौतीको संवेदनशीलतालाई ध्यानमा राखेर मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेका हौं । मन्त्री तामाङले अनलाइनखबरसँग भने । सरकले बागमती प्रदेशका इलाका प्रहरी कार्यालयहरूका लागि ३० वटा, उपत्यका प्रहरीको लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीको लागि २५ वटा गरी ८५ वटा २ पाङ्ग्रे सवारीसाधन दिने निर्णय गरेको हो । आर्थिक मामिला मन्त्रालयले शुक्रबार मोटरसाइकल खरिदका लागि सहमति दिइसकेक...




















