Advertisement

कालिका पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने जिल्लाको दोस्रो पालिका

सञ्जय चौधरी, रत्ननगर जेठ २४ । चितवनको कालिका नगरपालिका १६ महिना देखि माथि र ५ वर्ष मुनिका सबै बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने जिल्लाको दोस्रो पालिका बनेको छ । घोषणा गर्नेमा पहिलो नम्बरमा माडी नगरपालिका हो ।

नेपाल सरकारले उपलब्ध गराएको ९ वटा पूर्ण खोप सबै बालबालिकाहरूले लाउनुपर्ने, सम्पूर्ण खोप समयमै लगाएको भन्दै शनिवार एक समारोहका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

आजै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाण पत्र प्रदान गरेको छ ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका निमित प्रमुख ईन्द्रमणी भण्डारीले बताए ।

उनले कालिका नगरपालिकाले सबै इण्डिकेटरहरु पुरा गर्दै आफ्नो पालिकालाई जिल्लामै दोस्रो पालिकाको रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गर्न सफल भएकोमा शुभकामना व्यक्त गरे ।

प्रमुख भण्डारीले भने, ‘जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सबैभन्दा महत्वपूर्ण भूमिकामा रहनुभएको स्वास्थ्य स्वयंसेवकको अहोरात्रको प्रयासबाट ‘पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना पालिका घोषणा’ गर्न सफल भएको हो ।’

प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीले जिल्लामै दोस्रो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ ले नगरको इज्जत बढाएको भन्दै यसमा लाग्ने सम्पूर्ण स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई बधाई दिए ।

‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ कार्यक्रममा नगर प्रमुख विनोद रेग्मीले पालिकाका ११ वटै स्वास्थ्य शाखामा ८६ जना स्वास्थ्य कर्मी र महिला स्वयमसेवीकाहरुले खोप केन्द्रबाट नियमित खोप सञ्चालन गर्दै आईरहेको जानकारी दिए ।

नगर प्रमुख रेग्मीले ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ पहिले घर घरमा गएर खोप लगाए, नलगाएको सुनिश्चितता गरिएको बताए । सम्पूर्ण जनप्रतिनिधि र स्वास्थ्यकर्मीको प्रयासमा आजको दिनसम्म पुग्न सफल भएको उनको भनाईछ ।

कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले यही जेठ १२ गते नगर समन्वय समितिको बैठकले पालिकाका ११ वटै वडाहरूलाई पूर्ण खोप मुक्त वडा घोषाणा गरि नगर घोषणाको लागि जिल्ला खोप समन्वय समिती चितवनमा पठाएकोमा शनिवार पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै जिल्ला खोप समन्वय समितिले नगरलाई प्रमाण पत्र दिएको बताए ।

स्वास्थ्य शाखा प्रमुख भण्डारीले भने, ‘१६ महिना देखि माथि र ५ वर्ष मुनिका सबै बालबालिकाहरूले नेपाल सरकारले उपलब्ध गराएको सबै (९ वटा) खोप लगाएको हुनुपर्छ, त्यसपछि पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा प्रक्रियामा लाग्नुपर्छ ।’

उक्त खोप पाएको वा नपाएको सुनिश्चित गर्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले प्रत्यक घरहरूका गई घर धुरी सर्बेक्षण गरेको भण्डारीले बताए ।

सो कार्यको प्रमाणीकरण कालिका नगरपालिका र जिल्ला जनस्वास्थ्य शाखाले गरेका थिए ।

नगर प्रमुख रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन योजना शाखा प्रमुख प्रकाश चन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज