खेलकुद

एसियाली खेलकुदमा इतिहास बदल्ने लक्ष्यमा नेपाल

Breaking News 1, खेलकुद, समाचार
नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिएको नेपाल यसपटक कम्तीमा सेमिफाइनल पुग्ने लक्ष्यमा छ। ऐतिहासिक पदक जित्ने दृढ संकल्पसहित नेपाली टोली जापानमा हुने प्रतियोगिताका लागि सहभागी हुँदैछ।  

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

Breaking News 1, अर्थ, खेलकुद, ताजा अपडेट, ब्यापार, समाचार, सुदूरपश्चिम
काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्चिम रोयल्सबीच एनपिएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौता भएको हो।सहकार्यसँगै टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा सुबिसुले साझेदारी गर्नेछ। सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए। “यस सहकार्यबाट हामी खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई अझ नजिकबाट जोड्ने प्रयास गर्नेछौँ,” उनले भने, “नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहनेछ।” सुबिसु लिमिटेडका अध्यक्ष सुरेन्द्र बहादुर श्रेष्ठले एनपिएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याइरहेको बताए। सुदूरपश्चिम रोयल्ससँगको सहकार्य स...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

खेलकुद, समाचार
न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको बताएका छन्। एन्फाले आगामी पुस ९ देखि लिग सुरु गर्ने तयारी गरिरहेको छ र क्लबहरूसँग छलफल थालेको छ। सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छलफलमा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले लिग भए सहभागी हुने बताए। उनले लिग हुने/नहुने कुरा एन्फाको हातमा रहेको र मिति तय गर्नुअघि स्टेडियमको व्यवस्था पक्का गर्नुपर्ने बताए। स्टेडियम निश्चित नभए लिग नहुन सक्ने उनको भनाइ छ। शेर्पाले एन्फाको छलफलमा सहभागी भएको र लिग नखेल्ने कुरा नभनेको प्रष्ट पारे। उनले पारदर्शी रूपमा क्लब लाइसेन्स दिएर लिग गर्न सुझाए। होम र अवे मैदान कानुनी रूपमा उपलब्ध भए सोही ढाँचामा खेल्न तयार रहेको उनले बताए। बङ्गलादेशमा लिग खेल्न गएका खेलाडीलाई नराम्रो नमान्न र नियमित लिग भए ...
जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु

जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु

कर्णाली, खेलकुद, समाचार
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा एक क्रिकेट खेलाडीको पनि मृत्यु भएको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको जानकारी दिएको छ । क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै क्यानले देशमा पछिल्लो दिनहरूमा विकसित भएको घटनाक्रम र  सोहि दौरान आन्दोलनको क्रममा सहादत प्राप्त गर्नु हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।...

एएफसी यू–२० महिला छनोट: आज साँझ ५:४५ बजे नेपाल भुटानसँग भिड्दै

खेलकुद, ताजा अपडेट, समाचार
आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल साँझ ५:४५ बजे सुरु हुनेछ। मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले प्रतियोगिता फरक प्रकृतिको भएको बताउँदै भुटानलाई कमजोर नठान्ने बताएका छन्। साफ यू–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ६–१ र ८–० ले पराजित गरेको थियो।  ...

पब्जी विश्वकपमा नेपाली टिम होरा इस्पोर्ट्स नवौं, १.७८ करोड पुरस्कार

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
नेपाली टोली होरा इस्पोर्ट्सले साउदी अरेबियामा सम्पन्न पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हात पार्दै १.७८ करोड रुपैयाँ जितेको छ। १८ खेलमा १०० अंक जोडेको होराले अन्तिम खेलमा चिकन डिनर पनि जित्यो। लिग चरणमा १३औं भएपछि सर्भाइभल स्टेज पार गर्दै फाइनल पुगेको थियो। उपाधि म्यानमारको वाइजी इस्पोर्ट्सले जित्यो।    ...

खेलकुद मन्त्री तेजुलाल चौधरी विवादमा, कार्यसम्पादनप्रति चर्को आलोचना

Breaking News 1, खेलकुद, ताजा अपडेट, समाचार
नेपाली खेलकुद मन्त्री तेजुलाल चौधरी विवादमा मुछिएका छन्। खेल संघ र ओलम्पिक कमिटीसँग असमझदारी, दशौँ राष्ट्रिय खेलकुद पटक–पटक सारिँदै आयोजना गर्न नसक्नु, तथा नीतिगत निर्णयमा एकलौटी शैलीले उनको कार्यकाल विवादित बनेको हो। चौधरीले आफैं सञ्चालक रहेको विद्यालयकी प्रिन्सिपललाई राखेप बोर्ड सदस्य बनाउनु र एनपीएल अनियमितता छानबिन संयोजकमा नियुक्त गर्नुले पनि विवाद चर्काएको छ। एसियाली खेलकुदमा सहभागी खेल टुंग्याउने विषयमा मन्त्रालय र ओलम्पिक कमिटीबीचको द्वन्द्व स्पष्ट देखिएको छ। खेलकुद नीतिमा समेत समन्वयको अभाव देखिँदा चौधरीको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको छ।  ...

गौतमबुद्ध रंगशालाको बजेट फ्रिज, निर्माण र भविष्य अन्योलमा

खेलकुद, समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सुस्त भएपछि गत वर्षको साढे १० करोड रुपैयाँ बजेट फ्रिज भएको छ। भौतिक प्रगति ३०% नपुग्दा चालु वर्षका लागि संघीय सरकारले बजेट नै नदिएको छ, जसले आयोजनाको भविष्य अन्योलमा पारेको छ।    
पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन

पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन

खेलकुद, बागमती, समाचार
रत्ननगर, चितवन ।रत्ननगर–३ मा रहेको पूर्वी चितवन कर्वडहलको सञ्चालक संस्था पूर्वी चितवन स्पोर्टस क्लबको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेसनबाट सुरज न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट न्यौपाने २ वर्षको लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । सो अधिवेशबाट वरिष्ठ उपाध्यमा कपिल श्रेष्ठ, उपाध्यक्षमा लोसान तमाङ्, सचिवमा महेश पाण्डे, कोषाध्यक्षमा श्यामकृष्ण शर्मा, सह–सचिवमा बद्र्री आचार्य, सह–कोषाध्यक्षमा आकाश श्रेष्ठ, सदस्यहरुमा क्रमशः ईश्वर श्रेष्ठ, लेख बहादुर पुन, बिष्णु श्रेष्ठ, सुस्मा भुजेल सर्वसम्मत चयन भएका छन् । १३ सदस्यि रहेको कार्यसमितिमा बाँकी २ जना भने कार्य समितिले मनोनयन गर्ने क्लबका अध्यक्ष न्यौपनेले जानकारी दिए । सो सभामा संस्थाका निर्वतमान अध्यक्ष राजकुमार पुरीले संस्थाको प्रगति प्रतिवदेन, कोषाध्यक्ष कपिल श्रेष्ठले आर्थीक प्रतिवेद...
रोट्र्याक्ट ३२९२, जोन-१४ द्वारा “जोनल ओलम्पिक सम्मान समारोह” सम्पन्न

रोट्र्याक्ट ३२९२, जोन-१४ द्वारा “जोनल ओलम्पिक सम्मान समारोह” सम्पन्न

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार, स्वास्थ्य
चितवन | रोटर्‍याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तरगत जोन १४ द्वारा आयोजना गरिएको जोनल ओलम्पिक सम्मान समारोह शनिबार दियालो फूडल्याण्ड, भरतपुरमा भव्य रूपमा सम्पन्न भयो। ओलम्पिक प्रतियोगितामा सक्रिय सहभागी जोन १४ का १२ क्लबहरू, निर्णायकहरू, स्वयंसेवकहरू र अग्रजहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा १०० भन्दा बढी सहभागीहरू उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि सन् २०२६-२७ का लागि रोट्र्याक्ट जिल्ला प्रतिनिधि मनोनित प्रकाश गैरे शर्मा, विशिष्ट अतिथिको रूपमा डिस्ट्रिक्ट ३२९२ का चार्टर डी.आर.आर. राजन पिया, र विशेष अतिथिको रूपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि.का प्रिन्सिपल वाई.बी. पौडेलको उपस्थिति रहेको थियो। शर्माले रोट्र्याक्टले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास, सामाजिक सेवा, तथा समुदाय निर्माणमा योगदान पुर्‍याउने सुनौलो अवसर दिने बताउनुभयो। चार्टर डी.आर.आर. राजन पियाले सम्बोधनको क्रममा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज