रत्ननगर–९ नम्बर वडाका स्थानियलाई कर सम्बन्धि सचेतना

१९ जेठ, रत्ननगर । रत्ननगर ९ मा कर (राजश्व) सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । सचेतना कार्यक्रमलाई रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, करदाता सेवा कार्यालय, खैरहनीका सुचना अधिकारी चन्द्र अर्याल, रत्ननगर नगरपालिकाका राजश्व शाखा प्रमुख लिलानाथ अर्यालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम मार्फत रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कर भनेको के हो ?, करका प्रकार, नगरपालिकाले कर लगाउन सक्ने कानुनी आधार, रत्ननगर राजपत्र, घरवहाल कर, नक्सापास, चारकिल्ला प्रमाणित, आयश्रोत कर, पर्यटन सेवा कर तथा सरसफाई कर लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

करदाता सेवा कार्यालय, खैरहनीका सुचना अधिकारी चन्द्र अर्यालले सोहि कार्यक्रम मार्फत करदाता शिक्षा प्रदान गर्नुभएको थियो । अर्यालले प्यान र भ्याट साथै जरिवाना सम्बन्धि प्रावधानको बारेमा स्पष्ठ पार्नुभयो । त्यस्तै कार्यक्रमका अर्का सहजकर्ता रत्ननगर नगरपालिकाका राजश्व शाखा प्रमुख लिलानाथ अर्यालले राजश्व सम्बन्धि जानकारी साथै कर संकलनको महत्वको बारेमा बताउनुभएको थियो ।

कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि साथै अन्य संघ संस्थाका ५० बढी स्थानियको सहभागिता थियो । सहभागीहरुले कर सम्बन्धि जिज्ञासा साथै आफुहरुले संचालन गरेका व्यवसायको कर सम्बन्धि जटिलताको बारेमा जिज्ञासा राख्नुभएको थियो । वडाध्यक्ष अनन्त अधिकारीले आज आयोजना गरिएको कार्यक्रमले वडावासीहरुको कर सम्बन्धि अन्यौलता चिर्ने विश्वास व्यक्त गर्नुभएको थियो । रत्ननगर नगरपालिका ९ नम्बर वडाकार्यालयका सचिव सुर्य प्रसाद ढुंगानाले संचालन गर्नुभएको कार्यक्रममा वडा सदस्य सुष्मा खड्काथोकीले स्वागत मन्तव्य त्यस्तै वडासदस्य कमानसिंह चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडाध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रमिष प्रसाईंले बजारमा प्याज, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढी | बिहीबारदेखि बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ की ११ वर्षीया सुमित्रा राना मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार उ...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज