Advertisement

Breaking News 2

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

Breaking News 2, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको सुबिसु लिमिटेड ले चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट को आयोजना गर्ने भएको छ। यो अन्तर्राष्ट्रिय स्तरको महत्त्वपूर्ण सम्मेलन यहि चैत अप्रिल ९ र १०, २०२६ ९चैत २७ र २८, २०८२० मा काठमाडौंको होटल र्‍याडिसनमा आयोजना हुनेछ। नेपालमा यस्ता अन्तर्राष्ट्रिय प्रविधि सम्मेलनहरूको आयोजना हुनुलाई सरकारको ुडिजिटल नेपाल अभियानलाई तीव्र गतिमा साकार पार्न एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। यस सम्मेलनले नेपाललाई एसिया(प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शको केन्द्रमा स्थापित गर्नेछ। सम्मेलनले फाइभजी, स्मार्ट शहरहरू र ठूला(ठूला औद्योगिक स्वचालन जस्ता नवीनतम प्रविधिहरुका लागि आवश्यक असीमित ठेगाना ले कसरी प्रदान गर्दछ भन्ने विषयमा अनुभव साटासाट गर्ने तथा छलफल गर्ने छ। ...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पेशागत सुदृढीकरण, हकहित संरक्षण र प्रविधिमैत्री अभ्यासलाई प्राथमिकता दिने निर्णय गरेको छ। महाधिवेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गर्दै फोटो पत्रकारिता लोकतन्त्रको सशक्त स्तम्भ भएको बताए। उनले फोटो पत्रकारहरूको सुरक्षा, सम्मान र क्षमता अभिवृद्धिका लागि राज्यले ठोस नीति ल्याउनुपर्नेमा जोड दिए। महाधिवेशनबाट अध्यक्षमा हरि प्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्षमा दीपक ज्ञवाली र गजेन्द्र राई तथा महासचिवमा भरत ढकाल निर्वाचित भएका छन्। सचिवहरूमा बाबुराम भण्डारी, जितलाल श्रेष्ठ, प्रविन बराल, दीपक गुरुङ, राजेश पराजुली, कोमलचन्द्र भगत र विशाल सुनार चयन भएका छन् भ...
प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती प्रदेश सरकारको निर्णय

प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती प्रदेश सरकारको निर्णय

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
हेटौंडा । बागमती प्रदेश सरकारले जेनजी प्रदर्शनका क्रममा सवारीसाधनमा क्षति पुगेका प्रहरी कार्यालयका लागि मोटरसाईकल उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारले करिब ३ करोड रूपैयाँ बराबर मूल्य पर्ने ८५ वटा मोटरसाइकल दिने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । जेनजी प्रदर्शनको क्रममा प्रदेशभित्रका प्रहरी कार्यालयहरूको सवारीसाधनमा क्षति पुगेको छ । चाडपर्वको समयमा सुरक्षा चुनौतीको संवेदनशीलतालाई ध्यानमा राखेर मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेका हौं । मन्त्री तामाङले अनलाइनखबरसँग भने । सरकले बागमती प्रदेशका इलाका प्रहरी कार्यालयहरूका लागि ३० वटा, उपत्यका प्रहरीको लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीको लागि २५ वटा गरी ८५ वटा २ पाङ्ग्रे सवारीसाधन दिने निर्णय गरेको हो । आर्थिक मामिला मन्त्रालयले शुक्रबार मोटरसाइकल खरिदका लागि सहमति दिइसकेक...
धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

Breaking News 2, समाचार, सुदूरपश्चिम
धनगढी | बिहीबारदेखि बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ की ११ वर्षीया सुमित्रा राना मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार उनी शुक्रबार मोहना नदीमा मृत अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार साँझ करिब ४ बजेतिर हराएकी सुमित्राको खोजी गर्न परिवारले खबर गरेपछि अनुसन्धान सुरु गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, जानकारी पाएलगत्तै खोजी कार्य अघि बढाइएको थियो र त्यस क्रममा बालिका मृत अवस्थामा भेटिएकी हुन्। प्रहरीका अनुसार बालिकाको शव नदीमा डुबेको अवस्थामा फेला परेको थियो। उनका कपडा र चप्पल भने घटनास्थलदेखि करिब दुई सय मिटर टाढा भेटिएका थिए। शव निर्वस्त्र अवस्थामा भेटिएकाले घटना रहस्यमय भएको प्रहरीले जनाएको छ।शवलाई पोष्टमार्टमका लागि पठाइएको छ र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य सार्वज...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ भागसम्म पुगेको छ । यसको प्रभाव रुसका प्रमुख बन्दरगाहहरूबाट इन्धन निर्यातमा समेत परेको छ । यसैबीच, रुसले डिजेल र पेट्रोलको निर्यातमा आंशिक कटौतीको घोषणा गरेको छ । कटौती यो वर्षको अन्त्यसम्म लागु हुने जनाइएको छ । उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बिहीबार यो घोषणा गरेका हुन् । नोभाकले भने, “हामी पेट्रोल निर्यातमाथिको कटौतीलाई वर्षको अन्त्यसम्म बढाउनेछौँ । साथै, डिजेल इन्धनका गैरउत्पादकका निम्ति निर्यातमाथि पनि प्रतिबन्ध लगाइनेछ । यसबाट घरेलु बजारमा पेट्रोलियम उत्पादनको आपूर्ति बढ्नेछ ।” उनले देशमा तेल उत्पादनमा केही कमी आए पनि हालको भण्डारले माग धान्न सक्ने उल्लेख गरे । रुसको नियन्त्रणमा रहेको क्राइमियाका प्रमुख सर्गेई अक्स्योनोभले रिफाइनरी बन्द ह...
मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

Breaking News 2, समाचार, सुदूरपश्चिम
अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको क्षतिको आज अनुगमन गर्नुभएको छ। घटना भएको एक हप्तापछि मुख्यमन्त्री शाहले प्रदेश संरचना अन्तर्गतका मन्त्रालय, कार्यालय र संघ मातहतका कार्यालयमा भएको क्षतिको अनुगन गर्नु भएको हो । उहाँले २५ वटा सरकारी कार्यालयको अनुगमन गर्दै भएको क्षतिको बारेमा जानकारी लिनुका साथै जनताको अत्यावश्यकीय सेवा प्रवाह हुने मन्त्रालय र कार्यालयहरुलाई सकेसम्म चाँडै सेवा सुचारु गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालयबाट धेरै क्षेत्रको काम हुने भएका कारण काम सुचारु गर्न मन्त्री मेघराज खड्का र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले सामाजिक विकास मन्त्रालयमा त्यति धेरै क्षति नभएका कारण आवश्यक सामानको व्यवस्था गरेर काम सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो । ...
कुलमानलाई  मृतकका परिवारको गुनासो, ‘कहिलेसम्म भोलि भन्दै टार्ने हो ?’

कुलमानलाई मृतकका परिवारको गुनासो, ‘कहिलेसम्म भोलि भन्दै टार्ने हो ?’

Breaking News 2, ताजा अपडेट, राजनीति, राजनीतिक, समाचार, स्वास्थ्य
काठमाडौँ ।  एकैसाथ ३ वटा मन्त्रालयको जिम्मेवारी लिनेगरी सोमबार राष्ट्रपतिबाट शपथ लिए लगत्तै शिक्षण अस्पताल महाराजगन्ज पुगेका मन्त्री कुलमान घिसिङसँग जेनजी आन्दोलनका मृतक परिवारले गुनासो पोखेका छन् । सो क्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएका विनोद महर्जनका परिवारका सदस्यहरूले मन्त्री घिसिङलाई जनताको कुरा सुन्नुपर्ने भन्दै हतार गरेर नहिँड्न आग्रह गरे । आफूहरूले अहिलेसम्म सरकारसँग आफ्‌नो माग राख्‌न नपाएको उनीहरुको गुनासो थियो ।  'सरकारले कहिलेसम्म भोलि भन्दै टार्ने हो ?' परिवारको गुनासो थियो । जवाफमा कुलमानले सबै मागहरु सम्बोधन हुने प्रतिबद्धता जनाए । यस्तै पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफ दिँदै उनले  देशका लागि युवाले गरेको बलिदान खेर नजाने भन्दै देशले नयाँ रूप लिने बताए । घिसिङले  उर्जासहित भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको  जिम्मेवारी पाएका छन् ।...
चितवनका थारू महिलाहरुले यसरी मनाउँदैछन् ‘जितिया पर्व’

चितवनका थारू महिलाहरुले यसरी मनाउँदैछन् ‘जितिया पर्व’

Breaking News 2, धर्म संस्कृति, समाचार
सञ्जय चौधरी, रत्ननगर, भदौ ३० । जितीया आउनुअघि नै दश दिन अगाडी चितवनका थारु समुदायमा चहलपहल र रमझम हुन्छ । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितीयाको विशेष उल्लास छ । थारु समुदायका महिलाहरु झाम्टा नाच नाच्दै गाउँदै जितीया मनाईरहेकाछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमीमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, (दर खाने) अष्टमीको दिनलाई ‘उपास’ (ब्रत) र नवमीको दिनलाई ‘पारन’ (ब्रत समाप्त) भनिन्छ । आज (सोमबार) सप्तमीको दिन महिलाहरू बिहानै नुहाईधुवाई गरी सफा र चोखो कपडा लगाई बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु झाम्टा र गीत गाउँदै यो पर्व मनाइरहेका छन् । थारु समुदायका महिलाले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । जितियामा सामूहिक नाचगान र पूजा हुन्छ । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानक...
‘जन्मदिनको उपहार स्वरूप म आज आफूलाई कारागार पठाउँदै छु’

‘जन्मदिनको उपहार स्वरूप म आज आफूलाई कारागार पठाउँदै छु’

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राजनीतिक, समाचार
काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शनिबार सामाजिक सञ्जालमार्फत कारागार फर्किने घोषणा गरेका छन्। जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका उनले आज जन्मदिनको उपहार स्वरुप पुनः कारागारमा जाने तयारीमा रहेको बताए। उनले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप समेत लगाए। साथै लामिछानेले नयाँ सरकारलाई २०४६ सालपछिका नीतिगत निर्णय र उच्च पदस्थको सम्पत्तिको छानबिन गर्ने, देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति रद्द गर्न, कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्ति प्रक्रिया खोल्न र विश्वविद्यालय तथा राजदूतहरूको नियुक्तिमा मेरिटोक्रेसी लागू गर्न आग्रह समेत गरेका छन्।  लामिछानेले जेनजी आन्दोलनका क्रममा बालबालिका मारिएको र सरकारी संरचनाहरूमा आगो लागेको घटनाको छानबिन हुनुपर्नेमा जोड दिएका छन्। “बच्चाको टाउकोमा गोली हानेर मार्ने, सरकारी संरचनामा आगो ल...
रत्ननगर विवरण संकलन र कार्यालय सञ्चालनको तयारीमा जुट्ने

रत्ननगर विवरण संकलन र कार्यालय सञ्चालनको तयारीमा जुट्ने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, राजनीतिक, समाचार
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आगजनीबाट भएको क्षतिको विबरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । शनिबार बसेको १७२औं कार्यपालिका बैठकले तोडफोड र आगजनीको घटनप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना तथा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गरेको छ । नगरपालिका पूर्णरुपमा ध्वस्त रहेको बेला तत्काल कार्यालय सञ्चालन गर्न सक्ने अबस्था नरहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । नगरपालिका र वडा कार्यालयमा आगजनीबाट भएको क्षतिको विबरण संकलन गर्ने र सकेसम्म छिट्टै कार्यालय सञ्चालन गर्ने गरी उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने, जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय सरसफाई गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रकास खनालले जानकारी दिए । कार्यपालिका बैठकमा जेन्जी आन्दोलनमा सहभागी भएर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज