Advertisement

अभिभावकलक्षित लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतना

रत्ननगर । किशोरकिशोरी अवस्थामा लागूपदार्थ दुर्व्यसनको असर र नियन्त्रणमा अभिभावकको दायित्वसम्बन्धी सचेतना कार्यक्रम रत्ननगर–९ मा सम्पन्न भएको छ ।

लागूऔषध प्रयोगकर्ता बढिरहेको बेला रत्ननगर–९ स्थित कपरफोरी माविमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका लागि लागूऔषध दुर्व्यसनीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले बताए ।

वडा कार्यालयको आयोजना र इलाका प्रहरी कार्यालयको विशेष सहयोगमा भएको कार्यक्रमका प्रशिक्षकले लागूऔषध दुव्र्यसन र यसका असर, समाजमा पार्न सक्ने नकारात्मक प्रभावका बारेमा प्रहरी वरिष्ठ नायब निरीक्षक गोविन्द परियारले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष अनन्त अधिकारीले समाजमा दिन प्रतिदिन लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएकोले अभिभावक र युवा पुस्ताले नै सचेत गराएर मात्र यसलाई निर्मूल पार्न सकिने बताए ।

कार्यक्रममा अभिभावकहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो । उनीहरूले लागूऔषध दुर्व्यसनमा आफू नफस्ने र आफ्ना छोराछोरीलाई पनि फस्न नदिने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रम वडा सदस्य कमानसिंह चौधरी, कपरफोरी माविका प्रधानाध्यापक डा. विष्णु कट्टेल, बालुवाटार विपद् व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज