मोहना माविमा मनोसामाजिक परामर्श तथा बालअधिकारसम्बन्धी अभिमुखीकरण

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा पुगेर बालअधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मंगलबार रत्ननगर–९ स्थित मोहना माविका ७० जना विद्यार्थीलाई बालअधिकार एवम् बालमैत्री दिगोपनासम्बन्धी प्रशिक्षण दिइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा घिमिरेले बताइन् ।

बालबालिका सानै उमेरमा कुलतमा फस्ने, डिप्रेसनमा जाने र नकारात्मक सोच बढी हुने भेटिएकोले विद्यालयमै पुगेर मनोसामाजिक परामर्श र बालअधिकारबारे सचेतना फैलाउन सो कार्यक्रम सञ्चालन गरिएको प्रमुख घिमिरेले बताइन् ।

बढ्दो आधुनिकतासँगै प्रविधिको विकासले सानै उमेरमा कुलतमा फस्ने, नकारात्मक सोच पैदा भई विभिन्न घटना घट्नेक्रम बढिरहेको समयमा सञ्चालन गरिएको बालअधिकार र मनोसमाजिक परामर्शले जीवन परिवर्तनमा ठूलो भूमिका खेल्ने विद्यालयका प्रधानाध्यापक दयाराम ढकालले बताए । नगरसँग समन्वय गरेर समय–समयमा यस्ता खाले कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने ढकालले बताए ।

कार्यक्रमकी प्रमुखअतिथि वडा सदस्य सुष्मा खड्काथोकीले विद्यार्थी भाइबहिनीहरुले मोबाइलमा गेम र नचाहिने कुराभन्दा जीवन उपयोगी ज्ञानका कुराहरु खोज्ने र हेर्ने गर्नुपर्ने बताइन् ।
उनले विद्यार्थीको धन भनेकै अनुशासन भएको बताउँदै गुरुहरु र बुबाआमाले भनेको मान्नुपर्नेमा जोड दिइन् । उनले नगरपालिका र वडाबाट बालबालिकालक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकोसमेत बताइन् ।

कार्यक्रममा सहायक महिला विकास अधिकृत नानीमाया पौडेल, कपरखोरी माविका प्रधानाध्यापक डा. विष्णु कट्टेल, नेपाल रेडक्रस सोसाइटीमा मनोसामाजिक परामर्शकर्ता प्रदीप सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...

एसियाली खेलकुदमा इतिहास बदल्ने लक्ष्यमा नेपाल

नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिए...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज