Advertisement

स्वास्थ्य

कुलमानलाई  मृतकका परिवारको गुनासो, ‘कहिलेसम्म भोलि भन्दै टार्ने हो ?’

कुलमानलाई मृतकका परिवारको गुनासो, ‘कहिलेसम्म भोलि भन्दै टार्ने हो ?’

Breaking News 2, ताजा अपडेट, राजनीति, राजनीतिक, समाचार, स्वास्थ्य
काठमाडौँ ।  एकैसाथ ३ वटा मन्त्रालयको जिम्मेवारी लिनेगरी सोमबार राष्ट्रपतिबाट शपथ लिए लगत्तै शिक्षण अस्पताल महाराजगन्ज पुगेका मन्त्री कुलमान घिसिङसँग जेनजी आन्दोलनका मृतक परिवारले गुनासो पोखेका छन् । सो क्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएका विनोद महर्जनका परिवारका सदस्यहरूले मन्त्री घिसिङलाई जनताको कुरा सुन्नुपर्ने भन्दै हतार गरेर नहिँड्न आग्रह गरे । आफूहरूले अहिलेसम्म सरकारसँग आफ्‌नो माग राख्‌न नपाएको उनीहरुको गुनासो थियो ।  'सरकारले कहिलेसम्म भोलि भन्दै टार्ने हो ?' परिवारको गुनासो थियो । जवाफमा कुलमानले सबै मागहरु सम्बोधन हुने प्रतिबद्धता जनाए । यस्तै पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफ दिँदै उनले  देशका लागि युवाले गरेको बलिदान खेर नजाने भन्दै देशले नयाँ रूप लिने बताए । घिसिङले  उर्जासहित भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको  जिम्मेवारी पाएका छन् ।...
राजविराजमा फोहोर व्यवस्थापन ठप्प, दुर्गन्धित बन्दै नगरक्षेत्र

राजविराजमा फोहोर व्यवस्थापन ठप्प, दुर्गन्धित बन्दै नगरक्षेत्र

मधेस प्रदेश, समाचार, स्वास्थ्य
विनय कर्ण, कल्याणपुर (सप्तरी)।सप्तरीको राजविराज नगरपालिकामा पाँच दिनदेखि फोहोर सङ्कलन नहुँदा नगरक्षेत्र दुर्गन्धित बनेको छ । मङ्गलबार जेनजीको प्रदर्शनका क्रममा आगजनी हुँदा नगरपालिकाको कार्यालयदेखि सवारी साधनसम्म जलेर नष्ट भएपछि फोहोर सङ्कलन रोक्किँदा यस्तो समस्या उत्पन्न भएको हो । प्रदर्शनकारीले गरेको आगजनीबाट नगरपालिकाको प्रशासनिक भवनमा रहेका कागजात, फर्निचर र महत्त्वपूर्ण सामानसँगै फोहोर सङ्कलनका लागि प्रयोग हुँदै आएका चार वटा ट्याक्टर र तीन वटा टिपर पनि जलेर नष्ट भएपछि नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको हो । आगजनीपछि नगरपालिकाको कार्यालय खुल्ने अवस्थामा नरहे पनि तत्काल वैकल्पिक व्यवस्था मिलाएर फोहोर व्यवस्थापन गर्नुपर्ने राजविराज वडा नम्बर ७ का सागर साह बताउनुहुन्छ । फोहोर उठाउने सवारी साधन नष्ट भएपछि राजविराज बजार सहितका बस्तीहरूमा पाँच दिनदेखि फोहोर थुप्रिँदै गएक...

चितवनमा स्क्रब टाइफसको संक्रमण बढ्दो, रत्ननगरमा सबैभन्दा बढी बिरामी

Breaking News 1, ताजा अपडेट, समाचार, स्वास्थ्य
चितवनका सात पालिकामध्ये रत्ननगरमा स्क्रब टाइफसका सबैभन्दा धेरै बिरामी भेटिएका छन्। साउन १ देखि २० गतेसम्म ८८९ जनाको परीक्षणमा ४० जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमा १४ जना रत्ननगरका छन्। भरतपुर, माडी र इच्छाकामनामा १/१ जना, खैरहनी र कालिकामा ६/६ जना, राप्तीमा २ जना र अन्य जिल्लाबाट ९ जनामा सङ्क्रमण देखिएको छ। स्क्रब टाइफस मुसामा पाइने माइटको टोकाइबाट सर्ने रोग हो। जनस्वास्थ्य कार्यालयले सरसफाइमा ध्यान दिन र कीराको टोकाइबाट जोगिन आग्रह गरेको छ।  ...

कोशी प्रदेशमा लम्पी स्किनको पुनः प्रकोप: खोप अभाव र सरकारी लापरबाहीले ६३७ पशुचौपायाको मृत्यु

कोशी प्रदेश, ताजा अपडेट, समाचार, स्वास्थ्य
कोशी प्रदेशमा तीन वर्षपछि फेरि लम्पी स्किन रोगको प्रकोप देखा परेको छ। कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार हालसम्म २२,१२२ पशु प्रभावित छन् भने ६३७ वटा पशुचौपायाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी प्रभावित जिल्ला झापा हो, जहाँ ४१० पशु मरेका छन् र १४,६९२ बिरामी छन्। मोरङ, इलाम र सुनसरी पनि बढी प्रभावित छन्। संखुवासभा, ओखलढुंगा र सोलुखुम्बुमा हालसम्म रोग देखिएको छैन। २०७९ फागुनदेखि ०८० साउनसम्मको प्रकोपमा ९,४२१ पशु मरेका थिए। त्यसपछि २०८०/८१ मा संघ, प्रदेश र स्थानीय सरकारहरूले खोप अभियान चलाएपछि समस्या थामिएको थियो। तर, यसवर्ष नियमित खोप कार्यक्रम नहुनु, रोगलाई राष्ट्रिय खोप कार्यक्रममा नसमेटिनु र खोप अभावले पुनः प्रकोप देखिएको विज्ञहरूको भनाइ छ। वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवका अनुसार कम्तीमा ८–१० लाख डोज खोप आवश्यक भए पनि मात्र ४ लाख डोज उपलब्ध भएको छ। सरकार २४...
क्यान्सर पीडित बालकको उपचारका लागि लायन्स चितवन इस्टको आर्थिक

क्यान्सर पीडित बालकको उपचारका लागि लायन्स चितवन इस्टको आर्थिक

बागमती, समाचार, स्वास्थ्य
असार १७ गते । लायन्स क्लब अफ चितवन इस्टले खैरहनीका क्यान्सर पीडित बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ । खैरहनी ८, पर्सा निवासी ४ वर्षे रक्त क्यान्सरबाट पीडित दिप्सन दुवाडीलाई लायन्स क्लब चितवन इस्टले ३३ हजार १०८ रुपैयाँ सहयोग गरेको हो । क्लबका अध्यक्ष अर्जुन लम्सालले आफ्नो लायन वर्ष २०२५/०२६ को कार्यकाल आर्थिक सहयोग हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् । आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको अवस्थालाई मध्यनजर गर्दै उपचारमा केही सहज होस भन्ने भावनाले लायन्स इस्टका सदस्यहरुसंग स्वेच्छिक रकम सङ्कलन गरी दिप्सनका अभिभावक लक्ष्मण दुवाडीलाई हस्तान्तरण गरिएको अध्यक्ष लम्सालले बताए । रकम हस्तान्तरणमा लायन्स डिस्ट्रिक्टका पदाधिकारी तथा समाजसेवीहरू बुद्धिराज डल्लाकोटी,ज्ञानबहादुर बिसुराल तथा रक्की खरेलले लायन्सको सेवा कार्यको चर्चा गर्दै दिप्सनको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उपस्थितहरुले यस ...
रोट्र्याक्ट ३२९२, जोन-१४ द्वारा “जोनल ओलम्पिक सम्मान समारोह” सम्पन्न

रोट्र्याक्ट ३२९२, जोन-१४ द्वारा “जोनल ओलम्पिक सम्मान समारोह” सम्पन्न

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार, स्वास्थ्य
चितवन | रोटर्‍याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तरगत जोन १४ द्वारा आयोजना गरिएको जोनल ओलम्पिक सम्मान समारोह शनिबार दियालो फूडल्याण्ड, भरतपुरमा भव्य रूपमा सम्पन्न भयो। ओलम्पिक प्रतियोगितामा सक्रिय सहभागी जोन १४ का १२ क्लबहरू, निर्णायकहरू, स्वयंसेवकहरू र अग्रजहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा १०० भन्दा बढी सहभागीहरू उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि सन् २०२६-२७ का लागि रोट्र्याक्ट जिल्ला प्रतिनिधि मनोनित प्रकाश गैरे शर्मा, विशिष्ट अतिथिको रूपमा डिस्ट्रिक्ट ३२९२ का चार्टर डी.आर.आर. राजन पिया, र विशेष अतिथिको रूपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि.का प्रिन्सिपल वाई.बी. पौडेलको उपस्थिति रहेको थियो। शर्माले रोट्र्याक्टले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास, सामाजिक सेवा, तथा समुदाय निर्माणमा योगदान पुर्‍याउने सुनौलो अवसर दिने बताउनुभयो। चार्टर डी.आर.आर. राजन पियाले सम्बोधनको क्रममा ...
चितवनमा विश्व रक्तदाता दिवस : १,७१७ जनाले रक्तदान गरी बनाए राष्ट्रिय रेकर्ड

चितवनमा विश्व रक्तदाता दिवस : १,७१७ जनाले रक्तदान गरी बनाए राष्ट्रिय रेकर्ड

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार, स्वास्थ्य
चितवन, ३१ जेठ । ब्लड डोनर्स सोसाइटी चितवनले विश्व रक्तदाता दिवस २०२५ को अवसरमा शनिबार भरतपुरस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा रक्तदान महोत्सव आयोजना गरेको छ । रगतको अभावले उपचारमा कठिनाइ भइरहेको अवस्थामा आयोजित यो महोत्सवमा १,७१७ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले एक समारोहबीच गरिन् । बिहान ७ बजेदेखि बेलुकीसम्म चलेको रक्तदान कार्यक्रममा रत्ननगर क्षेत्रबाट मात्रै करिब ५०० जनाले रक्तदान गरेको ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालले जानकारी दिए । रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत संकलन गर्दै राष्ट्रिय रेकर्ड समेत कायम गरेको उनले दावी गरे । मेयर दाहालले चितवन अस्पतालहरूको केन्द्र बन्दै गएको सन्दर्भमा यस्ता महोत्सवले रगतको अभाव समाधान गर्न महत्वपूर्ण भूमिका खेल्न...
अभिभावकलक्षित लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतना

अभिभावकलक्षित लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतना

Breaking News 2, बागमती, समाचार, स्वास्थ्य
रत्ननगर । किशोरकिशोरी अवस्थामा लागूपदार्थ दुर्व्यसनको असर र नियन्त्रणमा अभिभावकको दायित्वसम्बन्धी सचेतना कार्यक्रम रत्ननगर–९ मा सम्पन्न भएको छ । लागूऔषध प्रयोगकर्ता बढिरहेको बेला रत्ननगर–९ स्थित कपरफोरी माविमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका लागि लागूऔषध दुर्व्यसनीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले बताए । वडा कार्यालयको आयोजना र इलाका प्रहरी कार्यालयको विशेष सहयोगमा भएको कार्यक्रमका प्रशिक्षकले लागूऔषध दुव्र्यसन र यसका असर, समाजमा पार्न सक्ने नकारात्मक प्रभावका बारेमा प्रहरी वरिष्ठ नायब निरीक्षक गोविन्द परियारले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष अनन्त अधिकारीले समाजमा दिन प्रतिदिन लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएकोले अभिभावक र युवा पुस्ताले नै सचेत गराएर मात्र यसलाई निर्मूल पार्न सकिने बताए । कार्यक्रममा अभ...
रत्ननगर उवासंघमा दुई छुट्टा छुट्टै तालिमको समापन

रत्ननगर उवासंघमा दुई छुट्टा छुट्टै तालिमको समापन

Breaking News 1, समाचार, स्वास्थ्य
रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको दुई छुट्टा छुट्टै तालिमको शनिबार सकिएको छ । सीप विकास मार्फत महिलाहरुलाई उद्यमी बनाउन आयोजना गरिएको उद्घाषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन र बुके, माला, फुल सजावट तालिम शनिबार सकिएको हो । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, रत्ननगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हरिशरण पाठकले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले महिलाहरुलाई उद्यमी बनाउन स्थानीय सरकारको सहयोगमा बुके,माला, फुल सजावट तालिम र उद्यमी महिलाहरुको नेतृत्व विकासका लागि उद्घाषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम आयोजना गरिएको बताए । ...
कालिका पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने जिल्लाको दोस्रो पालिका

कालिका पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने जिल्लाको दोस्रो पालिका

Breaking News 1, बागमती, समाचार, स्वास्थ्य
सञ्जय चौधरी, रत्ननगर जेठ २४ । चितवनको कालिका नगरपालिका १६ महिना देखि माथि र ५ वर्ष मुनिका सबै बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने जिल्लाको दोस्रो पालिका बनेको छ । घोषणा गर्नेमा पहिलो नम्बरमा माडी नगरपालिका हो । नेपाल सरकारले उपलब्ध गराएको ९ वटा पूर्ण खोप सबै बालबालिकाहरूले लाउनुपर्ने, सम्पूर्ण खोप समयमै लगाएको भन्दै शनिवार एक समारोहका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । आजै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाण पत्र प्रदान गरेको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको जिल्ला जनस्वास्थ्य क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज