रत्ननगरमा जनप्रतिनिधि र शिक्षक संग प्रहरीको नागरिक सुनुवाइ
रत्ननगर । ईलाका प्रहरी कार्यालय रत्ननगरले जनप्रतिनिधि र शिक्षक संग साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण एवं नागरिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
दिनप्रतिदिन सामाजिक संजाल मार्फत हुने अपराध र ठगीको न्यूनीकरणका लागि प्रशिक्षण महत्वपूर्ण हुने रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले बताए । समाजलाई विखण्डित गर्ने खालका अपराध वृद्धि भइरहेको हुँदा प्रहरी नागरिक सुनुवाईले यस्ता अपराधको पहिचान गरी समयमै व्यवस्थापन गर्न सयोग पुर्याउने नगर प्रमुख सापकोटाले विश्वास व्यक्त गरे । सामाजिक अपराध न्यूनीकरणका लागि रत्ननगर नगरपालिकाले प्रहरीको सहयोगका यस्ता प्रशिक्षण र नागरिक सुनुवाईलाई निरन्तरता दिने उनले बताए ।
प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ति सुरक्षाका सवालमा सर्वसाधारणको भावना बुझ्न नागरिक सुनुवाई गर्दै आएको प्रहरीले पछिल्लो पटक जनप्रतिनिधि र शिक्षक संग नागरिक ...




















