Advertisement

अर्पण बचतको १५औं बार्षिक साधारण सभा

रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मोहदत्त पौडेल(सुरज)ले बार्षिक कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव महेश पाण्डेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुकानाथ आचार्यले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य कृष्णप्रसाद आचार्यले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा उत्कृष्ट बचतकर्ता सोमबहादुर गुरुङ, तुलसीराम चपाईँ, लक्ष्मी आचार्य सुवेदी, उत्कृष्ट कर्जा तर्फ ओमप्रसाद चालिसे र सुश्रीदीपाकुमारी दराई, प्लस २ मा उत्कृष्ट अंक ल्याउने सुभम लामिछाने र निश्चल आचार्य, ज्येष्ठ शेयर सदस्य गुना कुमारी पाण्डे तथा उकृष्ट कर्मचारीको रुपमा कर्जा सहायक मिलन पौडेललाई सम्मान गरिएको संस्थाका सञ्चालक समिति सदस्य ध्रुवराज लामिछानेले जानकारी दिए ।

२०६७ सालमा स्थापना भएको सो सहकारीमा ४ हजार ६२ जना शेयर सदस्य रहेका छन् । ४ करोड ६२ लाख शेयर पुँजी रहेको सो सहकारीले १२ करोड ३१ लाख ऋण लगानी गरेको छ भने १२ करोड ७२ लाख बचत संकलन गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी, जिल्ला बचत तथा ऋण सहकारी संघकी सहसचिव ऋतु गिरी, संस्थाका निवर्तमान अध्यक्ष मेघनाथ पौडेल, पूर्व अध्यक्ष यमन भूषाल लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामकुमार बजगाईले स्वागत मन्तव्य राखेका थिए । सोही कार्यक्रमका बीच प्रमुख अतिथि मेयर सापकोटालाई प्रदान गरिने मायाको चिनो वापतको रकमबाट पाँच विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने सो सहकारीले जनाएको छ । कार्यक्रम सचिव पाण्डेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज