भरतपुरमा हिउँ खेल्न चाहनेलाई ‘स्नो पार्क’

चितवन। तराईका जिल्लामा हिउँ खेल्न मन लागेको छ भनेर कसैले भन्यो भने हास्यपात्र बन्न सक्छ । हिउँ खेलेर रमाइलो गर्न मन हुनेहरू हिमालतिर जाने गरेका छन् । पर्यटन प्रवर्धनका लागि नयाँ नयाँ पूर्वाधार निर्माण गर्ने क्रममा चितवनका युवकले गरे के हुँदैन र ? भन्ने पुष्टि गरेका छन् । अब भने चितवनको भरतपुरमा नै बाह्रै महिना हिउँ खेल्न पाइने भएको छ ।

यहाँका युवा उद्यमी सुलक्ष पोखरेलले भरतपुर महानगरपालिका–९, मिलनचोकमा स्नो पार्क (हिउँ खोल्ने स्थान) निर्माण गर्नुभएको हो । दुई करोड रुपियाँको लगानीमा स्नो पार्क निर्माण गर्नुभएको छ । गत वैशाखदेखि निर्माण सुरु गरेकोमा भर्खरै सञ्चालनमा आएको हो ।

उहाँले लक्ष्मीपूजाको दिनबाट सञ्चालनमा आएको ‘स्नो पार्क’ पूर्ण तयारीका साथ सञ्चालनमा आउन भने केही समय लाग्ने जानकारी दिनुभयो । नवलपरासीको कावासोतीमा आइसक्रिम उद्योग सञ्चालन गर्दै आउनुभएका पोखरेलले भारतका विभिन्न स्थानमा ‘स्नो पार्क’ सञ्चालनमा रहेको देखेपछि आफूले पनि केही गरौँ भनेर भरतपुरमा निर्माण गरेको जानकारी दिनुभयो ।

पोखरेलले भन्नुभयो, “भारतको अहमदाबादमा मैले हिउँ खेल्ने ठुलो पार्क देखेँ, भारतमा बनाउन सकिन्छ भने भरतपुरमा किन सकिँदैन भन्ने लागेर आँट गरेको हो । हिउँ खेल्नकै लागि धेरै खर्च गरेर हिमालतर्फ जानुपर्ने, मौसम कुर्नुपर्ने बाध्यता अब रहेन ।” विद्युत्को माध्यमबाट कम्प्रेसर सञ्चालन गरेर चिसो बनाइएको छ । यसरी मेसिन सञ्चालन गर्दा प्रतिघण्टा ५० युनिट विद्युत् खपत भइराखेको उहाँले बताउनुभयो । चौबीसै घण्टा मेसिन सञ्चालन गरेर हिउँ निर्माण गरिएको छ । माइनस १० डिग्री तापक्रम निर्माण गरेर हिउँ बनाइएको हो । हिउँमा खेल्न मिल्ने चिप्लेटी, साना खेलकुदका सामग्री, माथिबाट हिउँ पर्ने व्यवस्थासमेत मिलाइएको पोखरेलले बताउनुभयो ।

प्राकृतिक रूप दिने गरी स्थान निर्माण गरी मनोरञ्जन प्रदान गरिने प्रयास भएको उहाँले बताउनुभयो । एक फुटभन्दा बाक्लो हिउँ जम्मा हुने भएकाले यहाँ खेल्दा अलग्गै आनन्द आउने उहाँको भनाइ छ । खेल्न आउनेलाई हिमालमा लगाउन मिल्ने कपडा र सामग्री उपलब्ध गराइने व्यवस्था रहेको छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रवेश निषेध गरिएको छ ।

हिउँ खेल्न पाइने पार्क निर्माणले पर्यटकीय क्षेत्रको विकास भएको भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले बताउनुभयो । चितवन आएका पर्यटकलाई नारायणी नदी, निकुञ्ज, जङ्गल सफारी, धार्मिक स्थलसँगै कृत्रिम रूपमा निर्माण गरिएको हिउँ खेल्न पाइने व्यवस्थाले थप मनोरञ्जन दिने उहाँको भनाइ छ । यस्ता गतिविधिले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने उहाँले बताउनुभयो । चितवनको सौराहा, मेघौली र अन्य स्थानमा आएका पर्यटकलाई ‘स्नो पार्क’ सम्म ल्याउने वातावरण मिलाउन पहल भइरहेको सञ्चालक पोखरेलले जानकारी दिनुभयो ।

-शालिग्राम नेपाल 

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज