मनोरञ्जन

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

Breaking News 1, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। महोत्तरीको बर्दिबासमा जारी महाधिवेशनमा अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्। यसअघि उनी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष थिए। नेपाली लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय शर्माले अब प्रतिष्ठानको नेतृत्व गर्नेछन्। उनको निर्विरोध चयनसँगै लोकसङ्गीत क्षेत्रका कलाकार तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

Breaking News 2, मनोरञ्जन, समाचार
करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उनीहरूको प्रवेश सहज थिएन। हजुरबुबा राज कपूर परिवारका छोरी वा बुहारीले फिल्ममा काम गरेको चाहँदैनथे। तर आमा बबिताले छोरीहरूको भविष्यका लागि परिवारको परम्पराविरुद्ध उभिइन्। करिश्माले बलिउडमा पाइला राखेपछि बहिनी करीनाका लागि पनि बाटो केही सहज भयो। फ्यानहरूले दुवै दिदीबहिनीमा राज कपूरको झल्को देख्ने गर्छन्, विशेषगरी आँखामा।...

महेश चौधरीको ‘हमार जितिया’ म्युजिक भिडियो सार्वजनिक

धर्म संस्कृति, मनोरञ्जन, समाचार
चितवन ।थारु कलाकार तथा गायक महेश चौधरीको नयाँ म्युजिक भिडियो ‘हमार जितिया’ सार्वजनिक भएको छ। MAHESH OFFICIAL YouTube च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा थारु समुदायको महत्वपूर्ण पर्व जितियाको संस्कृति, परम्परा र मौलिकतालाई प्रस्तुत गरिएको छ। किशोर चौधरीको निर्देशन रहेको भिडियोमा नितेश जंग चौधरी, अंकिता चौधरी, निबेश चौधरी र शिल्पा चौधरीलगायत कलाकारको अभिनय रहेको छ। भिडियोले जितिया पर्वको सांस्कृतिक महत्वलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

ताजा अपडेट, मनोरञ्जन, समाचार
चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। नेपाली फिल्मी क्षेत्रमा छुट्टै स्थान बनाइसकेका मियांले मुस्ताङ को विविन्न स्थलहरूलाई समेटेर तयार पारिएको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो “गाउ बेसि अनलाइ टि भि” को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियोमा मुख्य कलाकारको रुपमा भिम बि .क र बिकिस्माले अभिनय गरेका छन्। भने भिडियोलाई छायांकन रोशन परियारले गरेका हुन्। भिडियोलाई रेहान मियांले निर्देशन र किशोर चौधरीलेसम्पादन गरेका छन्। https://youtu.be/wwWLMatIT34?si=hCBXElS9R-NEOWJI...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पेशागत सुदृढीकरण, हकहित संरक्षण र प्रविधिमैत्री अभ्यासलाई प्राथमिकता दिने निर्णय गरेको छ। महाधिवेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गर्दै फोटो पत्रकारिता लोकतन्त्रको सशक्त स्तम्भ भएको बताए। उनले फोटो पत्रकारहरूको सुरक्षा, सम्मान र क्षमता अभिवृद्धिका लागि राज्यले ठोस नीति ल्याउनुपर्नेमा जोड दिए। महाधिवेशनबाट अध्यक्षमा हरि प्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्षमा दीपक ज्ञवाली र गजेन्द्र राई तथा महासचिवमा भरत ढकाल निर्वाचित भएका छन्। सचिवहरूमा बाबुराम भण्डारी, जितलाल श्रेष्ठ, प्रविन बराल, दीपक गुरुङ, राजेश पराजुली, कोमलचन्द्र भगत र विशाल सुनार चयन भएका छन् भ...
धमाधम रोकियो चलचित्र प्रदर्शन

धमाधम रोकियो चलचित्र प्रदर्शन

मनोरञ्जन, समाचार
काठमाडौँ। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको कारण गत साता ‘अभिमन्यु’ को प्रदर्शन स्थगित भएको छ । यसै गरी संविधान दिवसका अवसरमा असोज ३ गते प्रदर्शन तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘जारी २’ को प्रदर्शन पनि रोकिएको छ । मुलुकको वर्तमान स्थितिलाई ध्यानमा राखी पूर्वनिर्धारित मितिमा चलचित्र प्रदर्शन नहुने निर्माता रामबाबु गुरुङले बताउनुभयो । दैनिक जीवन पुनः लयमा फर्किन थालेको खण्डमा चलचित्रको नयाँ मिति घोषणा गरिने उहाँको भनाइ थियो ।...
जेनजी प्रदर्शनमा भाइरल ‘बन्दै छ नेपाल’ गीत युट्युबबाट हट्यो, के भन्छन् र्‍यापर मिस्टर डी ?

जेनजी प्रदर्शनमा भाइरल ‘बन्दै छ नेपाल’ गीत युट्युबबाट हट्यो, के भन्छन् र्‍यापर मिस्टर डी ?

ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौँ । चर्चित र्‍यापर सन्दीप बिस्ट (मिस्टर डी) को सात वर्ष पुरानो व्यङ्ग्यात्मक गीत ‘बन्दै छ नेपाल’ युट्युबबाट हटाइएको छ । युट्युबले ‘हिंसात्मक वा भयावह सामग्री’ समावेश भएको कारण देखाउँदै भिडिओ हटाएको हो । हालै नेपालमा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा यो गीत सामाजिक सञ्जालमा पुनः चर्चित बनेको थियो । प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनी जस्ता घटनाका दृश्यमा यो गीत प्रयोग गरी टिकटक र फेसबुकमा भिडिओहरू भाइरल भएका थिए । गीत हटेपछि र्‍यापर मिस्टर डीले सामाजिक सञ्जालमार्फत अब उक्त भिडिओ फिर्ता ल्याउने वा पुनः अपलोड गर्ने मनस्थितिमा आफू नरहेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “धेरै अगाडिको यो मेरो गीत अस्ति मात्र युट्युबबाट हटेको थ्यो र अब म यसलाई फिर्ता ल्याउने र फेरि अपलोड गर्ने मानसिकतामा नि छैन । सरी गाइज ।” ‘बन्दै छ नेपाल’ गीतले नेपाली राजनीतिको विकृति, नेताहरूले चुनावअघि जनताल...
उदय मानन्धरको “ह्याप्पी एनिभर्सरी” सार्वजनिक

उदय मानन्धरको “ह्याप्पी एनिभर्सरी” सार्वजनिक

बागमती, मनोरञ्जन, समाचार
पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली "ह्याप्पी एनिभर्सरी" गीत आज सार्वजनिक भएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । मानन्धरलाई कोरस आवाजमा लक्ष्मी महर्जन र नारायणी महर्जनले साथ दिएका छन् । चितवनकै चर्चित साहित्यकार कमल अर्यालले गीतको शव्द तयार पारेका हुन् भने गीतको थेगो लेखन लक्ष्मी मानन्धरको रहेको छ । हरिशरण सायमीको संगीत संयोजन रहेको गीतलाई काठमाण्डौ स्थित स्ट्रिङ्ग्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोमा विष्णु लक्ष्मी मानन्धर संगै उदय मानन्धरको अभिनय रहेको छ, गीतमा अन्जित बोहरा, सानु लामा, जेनिसा सिजापति र उज्वल लामिछानेको नृत्य रहेको छ । अन्जित बोहराको कोरियोग्राफी रहेको गीतमा कृष्ण प्रसाद...

‘मोहर’ सेन्सर पास, PG सर्टिफिकेटसहित शुक्रबारबाट प्रदर्शनमा

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
आगामी शुक्रबार (साउन २३) बाट रिलिज हुन लागेको फिल्म ‘मोहर’ सेन्सर पास भएको छ। चलचित्र सेन्सर बोर्डले कुनै दृश्य नकटाई फिल्मलाई PG सर्टिफिकेट दिएको छ, जसअनुसार १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा मात्र फिल्म हेर्न पाउनेछन्। ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाललगायतको अभिनय छ। प्रचारमा नायक पल शाह र गायक थानेश्वर गौतम देशभर दर्शकसँग प्रत्यक्ष भेट गर्दै छन्।...

धादिङकी दिलिजा, चितवनको शान — सेमिफाइनल यात्रा सफल, अब फाइनलको लक्ष्य

Breaking News 1, मनोरञ्जन, समाचार
चितवन, साउन १४ — धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–०३ मा जन्मिएकी र हाल चितवनको टाडीमा बसोबास गर्दै आएकी ९ वर्षीया बाल गायिका दिलिजा रुवाली अन्तर्राष्ट्रिय गायन रियालिटी शो दि भ्वाइस अफ किड्स सिजन ४ मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल सम्म आइपुगेकी छिन्। सानै उमेरदेखि संगीतमा रुचि राख्ने दिलिजाले आफ्नो सुमधुर स्वर, भावनात्मक प्रस्तुती र मञ्चमा आत्मविश्वासपूर्ण उपस्थितिका कारण निर्णायकसहित हजारौं दर्शकको मन जितेकी छिन्। उनको गायनमा प्राविधिक क्षमता र गहिरो संवेदनशीलता देखिएको छ, जसले उनलाई प्रतियोगितामा शक्तिशाली प्रतिस्पर्धीको रूपमा उभ्याएको छ। प्रतियोगिता अब निर्णायक चरणमा पुगेको हुँदा दिलिजालाई फाइनलसम्म पुर्‍याउन भोटिङ आवश्यक रहेको आयोजकले जनाएका छन्। देश–विदेशमा रहेका नेपालीहरूलाई दैनिक रूपमा भोट गरेर साथ दिन आग्रह गरिएको छ। भोट कसरी गर्ने? Khalti App खोल्नुहोस् “Voting...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज