Advertisement

रत्ननगरमा जनप्रतिनिधि र शिक्षक संग प्रहरीको नागरिक सुनुवाइ

रत्ननगर । ईलाका प्रहरी कार्यालय रत्ननगरले जनप्रतिनिधि र शिक्षक संग साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण एवं नागरिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

दिनप्रतिदिन सामाजिक संजाल मार्फत हुने अपराध र ठगीको न्यूनीकरणका लागि प्रशिक्षण महत्वपूर्ण हुने रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले बताए । समाजलाई विखण्डित गर्ने खालका अपराध वृद्धि भइरहेको हुँदा प्रहरी नागरिक सुनुवाईले यस्ता अपराधको पहिचान गरी समयमै व्यवस्थापन गर्न सयोग पुर्याउने नगर प्रमुख सापकोटाले विश्वास व्यक्त गरे । सामाजिक अपराध न्यूनीकरणका लागि रत्ननगर नगरपालिकाले प्रहरीको सहयोगका यस्ता प्रशिक्षण र नागरिक सुनुवाईलाई निरन्तरता दिने उनले बताए ।

प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ति सुरक्षाका सवालमा सर्वसाधारणको भावना बुझ्न नागरिक सुनुवाई गर्दै आएको प्रहरीले पछिल्लो पटक जनप्रतिनिधि र शिक्षक संग नागरिक सुनुवाई कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । । प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम यसअघि स्कुल, आमा समुह, युवा क्लब लगायतका स्थानमा सम्पन्न गरेको मिश्रले वताए । प्रहरीले सिधै भनेको भन्दा शिक्षकले आफ्नो शिक्षणकला मार्फत विधार्थीहरुलाई प्रशिक्षण दिदाँ अझै प्रभावकारीता वढ्ने उद्देश्यका साथ जनप्रतिनिधि र शिक्षक संग नागरिक सुनुवाइ गरिएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपि) रन्जन अवाले साइबर अपराधका विभिन्न प्रकार, त्यसले निम्त्याउने समस्या, हानि-नोक्सानी र कानुनी सजायबारे जानकारी दिएनु भएको थियो । साथै, साइबर अपराधबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा व्यापक रूपमा प्रशिक्षण दिनुभएको थियो । अवाले सम्पूर्ण सहभागी जन प्रतिनिधि र शिक्षकहरुलाई सचेत रहन र सुरक्षित रहन आग्रह समेत गर्नु भएको छ । प्रशिक्षण कार्यक्रममा सहभागीहरुले विभिन्न प्रश्न र जिज्ञासाहरू राखेका थिए । उनले सबैको जिज्ञासा समाधान गर्दै उनले बर्तमान ऐन कानुनका बारेमा प्रकाश पारेका थिए ।

रत्ननगर नगरपालिकाको सभाहलका भएको सो नागरिक सुनुवाईमा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्साल,वडा अध्यक्षहरु,जनप्रतिनिधिहरु, निजी तथा आवासीय अर्गनाइजेशन नेपाल (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरी , रत्ननगर अन्तर्गतका सामुदायिक र संस्थागत विधालयबाट प्रध्यानध्यापक, शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज