मानव अधिकार र जलवायु परिवर्तनको प्रभाव बारे भरतपुरमा अन्तरक्रिया
सीमान्तकृत आदिवासी समुदायहरूमा जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभाव परेको भन्दै आज भरतपुरमा अन्तरक्रिया गरिएको छ । सीमान्तकृत आदिवासी समुदायको मानव अधिकारको अवस्था समेत नाजुक रहेको विषयमामा अन्तरक्रिया केन्द्रित थियो ।
कार्यक्रममा गैसस महासंघ चितवनका कोषाध्यक्ष जनक कार्कीले कायक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपालमा जलवायु परिवर्तनको अवस्था गम्भीर बन्दै गएको, हिमाली, पहाडी र तराई क्षेत्र वोवास गर्ने सीमान्तकृत समुदायहरूमा यसको नकारात्मक प्रभाव पर्न थालेको भन्दै स्थानीय सीमान्तकृत आदिवासी समुदायहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको बताउनु भयो । कार्यक्रमहरूले सीमान्तकृत समुदायका आवाजलाई उजागर गर्दै नीति निर्माणमा समावेशीता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उँहाको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले हाम...




















