बागमती प्रदेश सभालाई बिजनेश दिन सचिवहरुलाई निर्देशन

हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आगामी बागमती प्रदेशसभालाई बिजनेश दिन आवश्यक कानुनको मस्यौदा निर्माणका लागि सचिवहरुलाई निर्देशन दिएका छन् ।

हेटौंडा–२ स्थित मन्त्रालयमा मंगलबार कानुनमन्त्री लामिछानेको अध्यक्षतामा प्रदेशमा आवश्यक कानुन निर्माण सम्बन्धमा बैठक बसेको थियो। मंगलबारको बैठकमा प्रदेशका प्रमुख सचिव हरि लम्सालसहित मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरु र मन्त्रालयका कानुन अधिकृतहरुको उपस्थिति थियो।

प्रदेश सरकारका सचिवहरुलाई उनले आगामी पुसबाट सुरु हुने पन्ध्रौं अधिवेशनमा प्रदेशसभालाई बिजनेश दिने गरी आवश्क कानुनको मस्यौदा निर्माण गर्न निर्देशन दिएका हुन् । प्रदेशसभाको चौधौं अधिवेशन १६ असोज मध्यरातबाट अन्त्य गरिएको थियो । पुसबाट नयाँ अधिवेशन सुरु गर्ने तयारीमा सरकार छ।

बैठकले केही प्रदेश ऐन संशोधन सम्बन्धि विधेयकको मस्यौदा निर्माणको विषयमा पनि छलफल भएको कानुन मन्त्रालयले जानकारी दिएको छ । संशोधन गर्नुपर्ने ऐनको विवरण र विषय वस्तु यथाशिघ्र उपलब्ध गराउन मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।

मन्त्री लामिछानेले २०७९ मा बागमती प्रदेशमा निर्माण गर्नुपर्ने भनि पहिचान गरिएका कानुनको सूचिको पुनरावलोकन सम्बन्धमा मन्त्रालय मातहतको कानून मस्यौदा समितिलाई बुझाइएको प्रतिवेदनका आधारमा अझै ५२ वटा कानुन निर्माण हुन आवश्यक रहेको जानकारी दिए । जसमध्ये ४१ वटा विधेयक, ४ वटा नीति र ७ वटा नियमावली रहेको उनले बताए ।

मन्त्री लामिछानेका अनुसार प्रदेश सरकारलाई तत्काल निर्माण गर्नुपर्ने ९९ वटा कानुनको पहिचान गरिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज