गायत्री हरिहर मन्दिरमा महायज्ञको आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ निपनी स्थित गायत्री हरिहर मन्दिरमा आयोजना गरिएको श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको आयव्याय सार्वजनिक गरिएको छ । महायज्ञ मुल समारोह समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञमा संकलन भएको रकम र खर्चको विवरण सार्वजनिक गरेको हो । गत मंसिर २४ गते सुरु भइ पुस १ गते सम्पन्न भएको महायज्ञमा ४७ लाख ६१ हजार २६० रुपैया संकलन भएको महायज्ञ मुल समारोह समितिका संयोजक रुपनराज घिमिरेले जानकारी दिए । महायज्ञमा ४७ लाख ६१ हजार २६० रुपैया संकलन भएको र १० लाख ८६ हजार ३६४ रुपैया खर्च कटाएर ३६ लाख ७४ हजार ८९६ रुपैया बचत गर्न सफल भएको संयोजक घिमिरेले जानकारी दिए । महायज्ञमा गायत्री मन्दिर तर्फ ३१ लाख २२ हजार ८८ रुपैया, गायत्री गुरुकुलम तर्फ १२ लाख ६६ हजार ८७२ रुपैया र हरिहर सदन(धर्मशाला) तर्फ ३ लाख ७१ हजार ३०० रुपैया संकलन भएको थियो । गायत्री मन्दिर तर्फ संकलन भएको ३१ लाख २२ हजार ८८ रुपैया मध्ये ५५ हजार ५५५ रुपैया अक्षक कोषमा र ३ लाख ९० हजार ५०० रुपैया धान विक्रीबाट आम्दानी भएको संयोजक घिमिरेले बताए । गायत्री हरिहर मन्दिर संरक्षण, गुरुकुलम सञ्चालन र धर्मशाला निर्माणको लागि रमक जुटाउन महायज्ञ आयोजना गरिएको हो । पत्रकार सम्मेलनमा मन्दिर संरक्षण समितिका कार्यबहाक अध्यक्ष शंकर गिरीले महायज्ञबाट संकलित रकम उद्देश्य मुताविक खर्च गरिने बताए । गायत्री हरिहर मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धर्मशाला निर्माण गरिएको भन्दै उनले गुरुकुलम र धर्मशाला हरिहर मन्दिरको प्रमुख आर्कषण गरेको बताए । महायज्ञ मुल समारोह समितिकी सचिव ऋतु गिरीले सञ्चालन गरेको सो कार्यक्रममा महायज्ञमा आर्थिक, भौतिक र सामाजिक रुपमा सहयोग गर्ने एकदर्जन महानुभावहरुलाई सम्मान गरिएको थियो । महायज्ञ मुल समारोह समितिका संयोजक घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य उमादेवी पौडेल, मन्दिर संरक्षण समितिका निर्वतमान अध्यक्ष नेमराज शर्मा पौडेल सहित वर्तमान समितिका पदाधिकारी तथा सदस्य र मुल समारोह समितिका पदाधिकारी तथा सदस्यहरु उपस्थित थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज