पुस २३, बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष श्री हरि प्रसाद पौडेललाई नेपाल डेरी एसोसिएसन केन्द्रिय कार्यालयले आफ्नै कार्यालयमा एक कार्यक्रम बीच स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षयतामा सम्पन्न सो कार्यक्रममा संस्थाका पदाधिकारी तथा दुग्ध क्षेत्रमा संलग्न विशेष व्यक्तित्वहरुको सहभागी रहेको थियोे । कार्यक्रममा उपस्थित दुग्ध व्यवसायीहरुले दुग्ध क्षेत्रमा राज्यको तर्फबाट अभिभावकत्व भूमिका हुनुपर्ने विषयमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्षले प्रदेश दुग्ध विकास बोर्डले सरकार किसान र दुग्ध क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था सहित बिशेष सहुलियतपूर्ण कार्यक्रम लागू गरि नमुना प्रदेशको रुपमा विकास गर्न तत्पर रहेको कुरा बताए ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष जयराम घिमिरे, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे र केन्द्रिय उपाध्यक्ष मनोज घिमिरेले उपाध्यक्ष पौडेललाई बधाई तथा शुभकामना दिंदै दुग्ध क्षेत्रको समस्या र समाधानको विषयमा सुझाव दिएका थिए । एसोसिएसनका केन्द्रिय अध्यक्षद्धारा बोर्डका कार्यकारी उपाध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना सहित कृषक र दुग्ध विकासको क्षेत्रमा बोर्डको महत्त्वपूर्ण भूमिका रहने अपेक्षाका साहित दुग्ध क्षेत्रको समग्र विकासमा हातेमालो गरि अघि बढनु पर्ने कुराको विकल्प नभएको कुरा बताए । कार्यक्रममा दुग्ध क्षेत्रको वर्तमान अवस्था,अवसर र चुनौतीका विषयमा संस्थाले तयार पारेको ूडेरी दर्पणू पुस्तक र वार्षिक क्यालेन्डर अध्यक्षद्धारा प्रदान गरिएको थियो ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।