Advertisement

बागमती

रत्ननगरमा जनप्रतिनिधि र शिक्षक संग प्रहरीको नागरिक सुनुवाइ

रत्ननगरमा जनप्रतिनिधि र शिक्षक संग प्रहरीको नागरिक सुनुवाइ

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, विचार
रत्ननगर । ईलाका प्रहरी कार्यालय रत्ननगरले जनप्रतिनिधि र शिक्षक संग साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण एवं नागरिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । दिनप्रतिदिन सामाजिक संजाल मार्फत हुने अपराध र ठगीको न्यूनीकरणका लागि प्रशिक्षण महत्वपूर्ण हुने रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले बताए । समाजलाई विखण्डित गर्ने खालका अपराध वृद्धि भइरहेको हुँदा प्रहरी नागरिक सुनुवाईले यस्ता अपराधको पहिचान गरी समयमै व्यवस्थापन गर्न सयोग पुर्याउने नगर प्रमुख सापकोटाले विश्वास व्यक्त गरे । सामाजिक अपराध न्यूनीकरणका लागि रत्ननगर नगरपालिकाले प्रहरीको सहयोगका यस्ता प्रशिक्षण र नागरिक सुनुवाईलाई निरन्तरता दिने उनले बताए । प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ति सुरक्षाका सवालमा सर्वसाधारणको भावना बुझ्न नागरिक सुनुवाई गर्दै आएको प्रहरीले पछिल्लो पटक जनप्रतिनिधि र शिक्षक संग नागरिक ...
गायत्री हरिहर मन्दिरमा महायज्ञको आयव्याय सार्वजनिक

गायत्री हरिहर मन्दिरमा महायज्ञको आयव्याय सार्वजनिक

अर्थ, धर्म संस्कृति, बागमती
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ निपनी स्थित गायत्री हरिहर मन्दिरमा आयोजना गरिएको श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको आयव्याय सार्वजनिक गरिएको छ । महायज्ञ मुल समारोह समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञमा संकलन भएको रकम र खर्चको विवरण सार्वजनिक गरेको हो । गत मंसिर २४ गते सुरु भइ पुस १ गते सम्पन्न भएको महायज्ञमा ४७ लाख ६१ हजार २६० रुपैया संकलन भएको महायज्ञ मुल समारोह समितिका संयोजक रुपनराज घिमिरेले जानकारी दिए । महायज्ञमा ४७ लाख ६१ हजार २६० रुपैया संकलन भएको र १० लाख ८६ हजार ३६४ रुपैया खर्च कटाएर ३६ लाख ७४ हजार ८९६ रुपैया बचत गर्न सफल भएको संयोजक घिमिरेले जानकारी दिए । महायज्ञमा गायत्री मन्दिर तर्फ ३१ लाख २२ हजार ८८ रुपैया, गायत्री गुरुकुलम तर्फ १२ लाख ६६ हजार ८७२ रुपैया र हरिहर सदन(धर्मशाला) तर्फ ३ लाख ७१ हजार ३०० रुपैया संकलन भएको थियो । गायत्री मन...
नेकपा (एमाले) वडा कमिटीले विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

नेकपा (एमाले) वडा कमिटीले विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार, स्वास्थ्य
चितवन | नेकपा (एमाले) वडा कमिटी राप्ती नगरपालिका ६ चितवनले विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रिय आधारभुत विद्यालय राप्ती–६ पडरियामा अध्ययनरत विद्यार्थीहरुलाई कपडासँगै शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालयका ११० जना विद्यार्थीहरुलाई अविभावकहरुको उपस्थितिमा न्यानो कपडा स्विटर तथा शैक्षिक सामाग्री वितरण गरिएको एमाले चितवनका जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज उत्तम सेढाईले जानकारी दिए । न्यानो कपडा एवम् शैक्षिक सामाग्री वितरणका लागि प्रवासी मञ्च पोल्याण्डका सहयोगी रुपक थापा, वडा कमिटी सदस्य धनराज चौधरी लगायतको सहयोग रहेको सेढाईले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले सामाजिक कार्यमा नेकपा एमाले निरन्तर जोडिने गरेको बताए । सामाजिक काम र सहयोगमा ...
बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष पौडेल

बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष पौडेल

Breaking News 1, ताजा अपडेट, बागमती, ब्यापार
पुस २३, बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष श्री हरि प्रसाद पौडेललाई नेपाल डेरी एसोसिएसन केन्द्रिय कार्यालयले आफ्नै कार्यालयमा एक कार्यक्रम बीच स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षयतामा सम्पन्न सो कार्यक्रममा संस्थाका पदाधिकारी तथा दुग्ध क्षेत्रमा संलग्न विशेष व्यक्तित्वहरुको सहभागी रहेको थियोे । कार्यक्रममा उपस्थित दुग्ध व्यवसायीहरुले दुग्ध क्षेत्रमा राज्यको तर्फबाट अभिभावकत्व भूमिका हुनुपर्ने विषयमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्षले प्रदेश दुग्ध विकास बोर्डले सरकार किसान र दुग्ध क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था सहित बिशेष सहुलियतपूर्ण कार्यक्रम लागू गरि नमुना प्रदेशको रुपमा विकास गर्न तत्पर रहेको कुरा बताए । कार्यक्रममा नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष जयराम घिमिरे, बा...
अर्पण बचतको १५औं बार्षिक साधारण सभा

अर्पण बचतको १५औं बार्षिक साधारण सभा

बागमती, समाचार
रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मोहदत्त पौडेल(सुरज)ले बार्षिक कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव महेश पाण्डेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुकानाथ आचार्यले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य कृष्णप्रसाद आचार्यले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा उत्कृष्ट बचतकर्ता सोमबहादुर गुरुङ, तुलसीराम चपाईँ, लक्ष्मी आचार्य सुवेदी, उत्कृष्ट कर्जा तर्फ ओमप्रसाद चालिसे र सुश्रीदीपाकुमारी दराई, प्लस २ मा उत्कृष्ट अंक ल्याउने सुभम लामिछाने र निश्चल आचार्य, ज्येष्ठ शेयर सदस्य गुना कुमारी पाण्डे तथा उकृष्ट कर्मचारीको रुपमा कर्जा सहायक मिलन पौडेललाई सम्मान गरिएको संस्थाका सञ्चालक समिति सदस्य ध्रुवराज लामिछानेले जानकारी दिए । २०६७ सा...
काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

Breaking News 1, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन्। एमालेका लक्ष्मीरत्‍न तुलाधरले २२ सय २० पाएका छन्। कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाए। यो वडामा अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको थियो।...
हेटौंडा–१२ का वडाध्यक्षमा नेपाली काँग्रेस विजयी

हेटौंडा–१२ का वडाध्यक्षमा नेपाली काँग्रेस विजयी

ताजा अपडेट, बागमती, समाचार
हेटौंडा । मकवानपुरको हेटौंडा–१२ मा भएको स्थानीय तहको उपनिर्वाचन अन्तरगत वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् । उनी २ हजार ६३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मेदवार राजेश नगरकोटीले १ हजार ३ सय ९८ मत प्राप्त गरेका थिए । यस अघि यो वडा नेकपा माओवादी केन्द्रले जितेको थियो । माओवादीबाट वडाध्यक्ष जितेका ललित घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त भएको पदमा निर्वाचन भएको हो । कुल ८ हजार ५३ मत रहेको वडामा ५ हजार ४ सय ८६ मत खसेको थियो  ।...
बागमती प्रदेश सभालाई बिजनेश दिन सचिवहरुलाई निर्देशन

बागमती प्रदेश सभालाई बिजनेश दिन सचिवहरुलाई निर्देशन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आगामी बागमती प्रदेशसभालाई बिजनेश दिन आवश्यक कानुनको मस्यौदा निर्माणका लागि सचिवहरुलाई निर्देशन दिएका छन् । हेटौंडा–२ स्थित मन्त्रालयमा मंगलबार कानुनमन्त्री लामिछानेको अध्यक्षतामा प्रदेशमा आवश्यक कानुन निर्माण सम्बन्धमा बैठक बसेको थियो। मंगलबारको बैठकमा प्रदेशका प्रमुख सचिव हरि लम्सालसहित मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरु र मन्त्रालयका कानुन अधिकृतहरुको उपस्थिति थियो। प्रदेश सरकारका सचिवहरुलाई उनले आगामी पुसबाट सुरु हुने पन्ध्रौं अधिवेशनमा प्रदेशसभालाई बिजनेश दिने गरी आवश्क कानुनको मस्यौदा निर्माण गर्न निर्देशन दिएका हुन् । प्रदेशसभाको चौधौं अधिवेशन १६ असोज मध्यरातबाट अन्त्य गरिएको थियो । पुसबाट नयाँ अधिवेशन सुरु गर्ने तयारीमा सरकार छ। बैठकले केही प्रदेश ऐन संशोधन सम्बन्धि विधेयकको मस्यौदा निर्माणको व...
राप्ती पुर्नस्थापना केन्द्रमा रहेकालाई देखाईयो पूर्ण वहादुरको सारङ्गी

राप्ती पुर्नस्थापना केन्द्रमा रहेकालाई देखाईयो पूर्ण वहादुरको सारङ्गी

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, विचार, शिक्षा, समाचार, स्वास्थ्य
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ७ सिक्सगु्रपमा रहेको राप्ती पुर्नस्थापना केन्द्र फरक शैलिमा सेवा प्रदान गर्दै आइरहेछ । आफ्नो स्वास्थ्य सुधारका लागि पुर्नस्थापना केन्द्रमा बसेकालाई बाहिरी वातावरणमा घुलमिल गराई चलचित्र देखाउने नेपालकै पहिलो पुर्नस्थापना केन्द्र बन्न सफल भएको हो । आइतवार पुर्नस्थापना केन्द्रमा रहेर उपचार र परामर्श गरिरहेका ५६ जनालाई नेपाली चलचित्र पूर्ण वहादुरको सारङ्गी देखाईएको सञ्चालक गुणराज गुरुङले जानकारी दिए । चलचित्रको पर्दा पछाडी एउटा परिवारमा आफ्नो बुवाले आफ्नो छोराछोरीको भविष्यको लागि गरेको सर्घषका कथा बस्तु देखाउन दुव्र्यसनमा फसेर पुर्नस्थापना केन्द्रमा रहेकाहरुले बुभ्न सकुन, मनन गर्न सकुन, यस चलचित्रबाट केही सिकुन भन्ने हिसाबले म्याङ्गो जनज्वती हल पर्सामा चलचित्र देखाउन ल्याईएको उनको भनाई छ । समाजमा पुर्नस्थापित गर्नका लागि केन्द्रमा रहेकालाई...
भरतपुरमा हिउँ खेल्न चाहनेलाई ‘स्नो पार्क’

भरतपुरमा हिउँ खेल्न चाहनेलाई ‘स्नो पार्क’

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
चितवन। तराईका जिल्लामा हिउँ खेल्न मन लागेको छ भनेर कसैले भन्यो भने हास्यपात्र बन्न सक्छ । हिउँ खेलेर रमाइलो गर्न मन हुनेहरू हिमालतिर जाने गरेका छन् । पर्यटन प्रवर्धनका लागि नयाँ नयाँ पूर्वाधार निर्माण गर्ने क्रममा चितवनका युवकले गरे के हुँदैन र ? भन्ने पुष्टि गरेका छन् । अब भने चितवनको भरतपुरमा नै बाह्रै महिना हिउँ खेल्न पाइने भएको छ । यहाँका युवा उद्यमी सुलक्ष पोखरेलले भरतपुर महानगरपालिका–९, मिलनचोकमा स्नो पार्क (हिउँ खोल्ने स्थान) निर्माण गर्नुभएको हो । दुई करोड रुपियाँको लगानीमा स्नो पार्क निर्माण गर्नुभएको छ । गत वैशाखदेखि निर्माण सुरु गरेकोमा भर्खरै सञ्चालनमा आएको हो । उहाँले लक्ष्मीपूजाको दिनबाट सञ्चालनमा आएको ‘स्नो पार्क’ पूर्ण तयारीका साथ सञ्चालनमा आउन भने केही समय लाग्ने जानकारी दिनुभयो । नवलपरासीको कावासोतीमा आइसक्रिम उद्योग सञ्चालन गर्दै आउनुभएका पोखरेलले भारतका विभिन्न स्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज