बाढी–पहिरोले बन्द उत्तरका नाका खुले, आयात–निर्यात सुचारु
काठमाडौं । बाढी–पहिरोका कारण बन्द रहेका उत्तरतर्फका नाका खुल्न थालेका छन् । भन्सार विभागका अनुसार तातोपानी नाकाबाट आइतबार नै सामान नेपाल भित्रिएको छ । रसुवागढी नाकाबाट भने मंगलबार मात्र सामान भित्रिएको विभागका प्रवक्ता मुक्तिप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार ११ असोजदेखि रसुवागढी–केरुङ सडक बन्द थियो ।
कार्यालयका अनुसार मंगलबारदेखि अधिकतम १३ टनसम्मका साना तथा ठूला गाडीहरूको आवतजावत गर्न मिल्ने गरी सडक सुचारु भएको छ ।
कार्यालयका अनुसार स्याफ्रुबेसी–टिमुरे सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा एकतर्फी रूपमा सडक सुचारु थियो । तर, नाका सुचारु नहुँदा आयात–निर्यात हुन सकेको थिएन ।
तातोपानीतर्फ भने सडकको विभिन्न स्थानमा अस्थायी डाइभर्सन राखेर सडक सञ्चालनमा ल्याइएको छ । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार शनिबारदेखि तातोपानी ना...




















