अमेरिकामा ठगीसहित ५० बढी मुद्दा चलेका रविका कोर टिमका सदस्य मोहन थापा नेपालमा

काठमाडौं | सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीमाथि प्रहरीले गम्भिर रुपमा अनुसन्धान गरिरहेको छ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएर अदालतबाट म्याद थप गरी अनुसन्धान थालेसँगै रास्वपाका केन्द्रीय सदस्य तथा लामिछानेका कारोबारी मित्र मोहनजंग थापा अमेरिकाबाट नेपाल आएका छन् ।

थापा हालै जिबी राईले प्रहरी र मिडियामा पठाएको भनिएको इमेलमा पाँच करोड भन्दा बढी रकम हुन्डी गरेको प्रकरणमा मुछिएका व्यक्ति मात्र नभइ ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन तीन करोड पैसा माग्ने लामिछानेको कोर टिमका सदस्य पनि हुन।

पूर्वसांसद श्रेष्ठले आफूलाई मन्त्री बनाउँछु भन्दै तीन करोड रकम डिल गर्ने रास्वपाका केन्द्रीय सदस्य मोहनजंग थापा रहेको बताएका थिए । थापामाथि हुन्डीमार्फत् अमेरिका-नेपाल पैसा ओसारपसारको आरोप लाग्दै आएको छ।

अहिले लामिछाने जेल परेपछि प्रहरी र अदालतमा चलखेल गर्न थापा नेपाल आएको वताइएको छ। उनी हिजो (१२) गते सिआईबी नजिकैको एक रेस्टुरेन्टमा केही बिचौलियासँगै देखा परेका थिए।

त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका तत्कालिन महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा सरुवा बढुवामा मोहन थापामार्फत ठूलो आर्थिक लेनदेन गरेको खुलासा गरेका थिए ।

थापाले अहिलेका डिआईजी दानबहादुर कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी बनाएर लगेको दाबी गरेका थिए। लामिछाने गृहमन्त्री रहेकै बेला आफ्ना व्याचीहरुलाई उछिनेर कार्की एक नम्बर डिआईजी बनेपछि थापाले चलखेल गरेको कुरा अहिले पनि प्रहरीभित्र नै चर्चा हुने गर्दछ।

अमेरिका निवासी थापा ठगी धन्दामा संलग्न रहँदै आएका छन् । अमेरिका बसेर नेपाल आवत–जावत गर्ने थापाले नेपाल प्रहरीका एक पूर्व उच्च अधिकारीको घर बैना गराईदिने नाममा जापानबाट पैसा मगाएर २५ लाख रुपैया ठगी गरेको खुलेको छ ।

थापा अमेरिकामा पटक–पटक जेल पर्दै छुट्दै आएका व्यक्ति हुन् । उनले रवि लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएको पीडित एक व्यवसायीले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पैसा उठाएका थापाले पीडितहरुलाई उल्टै धम्की दिने गरेको पनि ती व्यवसायी बताउँछन् ।

थापाले सुबु केसीबाट पनि ७५ लाख रकम ठगी गरेको खुलेको छ । रवि लामिछाने गृहमन्त्री छँदा थापाले उक्त पैसा पचाउनका लागि सुबुलाई फसाउन खोजेका थिए। उनले आफूलाई अमेरिकाको ठूलो व्यवसायी भएको भ्रम छरेर विभिन्न व्यक्तिहरुसँग रकम असुल्दै आएको खुलेको छ ।

थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् । उनी फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।

थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचय पत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेर थापालाई जेल सजाय भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज