बाढी–पहिरोले बन्द उत्तरका नाका खुले, आयात–निर्यात सुचारु

काठमाडौं । बाढी–पहिरोका कारण बन्द रहेका उत्तरतर्फका नाका खुल्न थालेका छन् । भन्सार विभागका अनुसार तातोपानी नाकाबाट आइतबार नै सामान नेपाल भित्रिएको छ । रसुवागढी नाकाबाट भने मंगलबार मात्र सामान भित्रिएको विभागका प्रवक्ता मुक्तिप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार ११ असोजदेखि रसुवागढी–केरुङ सडक बन्द थियो ।

कार्यालयका अनुसार मंगलबारदेखि अधिकतम १३ टनसम्मका साना तथा ठूला गाडीहरूको आवतजावत गर्न मिल्ने गरी सडक सुचारु भएको छ ।

कार्यालयका अनुसार स्याफ्रुबेसी–टिमुरे सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा एकतर्फी रूपमा सडक सुचारु थियो । तर, नाका सुचारु नहुँदा आयात–निर्यात हुन सकेको थिएन ।

तातोपानीतर्फ भने सडकको विभिन्न स्थानमा अस्थायी डाइभर्सन राखेर सडक सञ्चालनमा ल्याइएको छ । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार शनिबारदेखि तातोपानी नाका अस्थायी रूपमा सुचारु भएको छ ।

‘दुई–तीन स्थानमा डाइभर्सन र कतै पहिरोको बीचमै अस्थायी सडक बनाएर नाका सुचारु भएको छ,’ उनले भने, ‘थप पानी नपरेसम्म नाका सुचारु हुन्छ ।’

यो नाकाबाट निरन्तर आयात–निर्यात सुचारु राख्न भने स्थायी समाधानमा जानु पर्ने उनले बताए ।

तातोपानी नाका सुचारु भएसँगै क्रमशः चीनबाट चाडपर्वलक्षित गरी भित्र्याइएका सामान आइरहेको उनले जानकारी दिए ।

‘कुनै सामान आइसकेको छ, कुनै जाँचपासको क्रममा छन्,’ उनले भने, ‘यसबीचमा रोकिएका विद्युतीय सवारीसाधनहरू समेत नेपाल भित्रिएका छन् ।’

तातोपानी नाका बन्द हुँदा मात्र राज्यले दैनिक ८ करोड रुपैयाँभन्दा धेरै राजस्व गुमाएको उनले जानकारी दिए ।

बाँकी रहेको अवधिमा यसबीचको क्षति कम गर्ने प्रयास कार्यालयले गर्ने समेत उनको भनाइ छ । फलफूल, मसला, लत्ताकपडाजस्ता वस्तु चीनबाट अहिले नेपाल भित्रिएका छन् ।

तातोपानीमा सडक बन्द रहेको समयमा पनि व्यापारीले तुइन लगाएर, भरिया राखेर सामान भित्र्याएका थिए । जसले गर्दा धेरै सामान बिग्रिन नपाएको उनको भनाइ छ ।

बाढीले भोटेकोसीको बेलिब्रिज र तातोपानी नजिकै लिपिङ खोलाको पुल बगाएको छ । जसले गर्दा नाकासम्म पुग्ने सडक अवरुद्ध बनेको हो । रसुवागढीतर्फ भने चीनको सीमा नजिकै सडक बगेको थियो ।

उत्तरतर्फका नाका बन्द हुँदा चाडबाडको मुखमा आयात समेत उल्लेख्य बढ्न नसकेको देखिएको छ । चालु आवको पहिलो तीन महिना (साउन–असोज) मा रसुवागढी नाकाबाट १६ अर्ब ७१ करोड रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको छ । नेपालबाट ३९ करोड ३३ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

तातोपानी नाकाबाट तीन महिनामा १२ अर्ब ३५ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ, निर्यात भने भएको देखिँदैन । यी नाकाबाट चाडबाडमा बढी सामान आउने गर्छ । बाढी–पहिरोले भारततर्फको व्यापार भने प्रभावित बनेको थिएन ।

तस्वीर सौजन्य : सूर्यप्रसाद काफ्ले

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज