प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ
तौलिहवा(कपिलवस्तु), माघ २८ गते । कपिलवस्तुमा प्रहरीको सिआईडी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे र वडा नं. २ कप्टैयाका ३२ वर्षीय जीवन थापा रहको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीका अनुसार उनीहरू हामी इलाका प्रहरी कार्यालय पिपराबाट आएका सि.आई.डि. हौँ तपाईँको घर कोठा खानतलासी गर्नु पर्ने छ भन्दै एक स्थानीयको घरमा प्रवेश गरी खानतलासी गरी सत्र हजार लिई हिँडेको आस्थामा पक्राउ गरिएको बताउनुभयो ।
घिमिरे र थापालाई बाणगंगा नगरपालिका वडा न. २ राजपुर स्थित खेल मैदानमा फेला पारी पक्राउ गरिएको उहाँको भनाई छ । पक्राउ परेका दुवै जनालाई ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।
(-नारद कोहार)...



















