गायक अमित रसाइलीको चाडवाड लक्षित गरेर ‘दशैँ आयो, ल है दशैँ आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक अमित रसाइलीको आफ्नै ‘अमित रसाइली युट्युब च्यानल‘बाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । अमित रसाइलीको स्वर रहेको गीतको रचनाकार र संगीतकार कुमार सिँजाली मगरहुन् । 
म्युजिक भिडियोमा पुजन लामिछाने, अस्मिता मगर, गणेश थापा मगर, पार्वती थापा मगर, दिनेश श्रेष्ठ, नबिन पाण्डे, प्रकाश रिजाल सोमराज, रेहान मिया, दिल कुमारी श्रेष्ठ, जसपाल लामा, देवी लामा, सोयता श्रेष्ठको अभिनय रहेको छ ।
भिडियो सम्पादन पुजन लामिछानेले गरेका छन् भने सहायक निर्देशन रेहान मियाको रहेको छ। उपकरण ओम फिल्म स्टुडियो पर्साले उपलब्ध गराएर निर्माण गरिएको सो म्युजिक भिडियोको निर्देशन किशोर चौधरीले गरेका हुन् ।https://youtu.be/FYZu_1lgzeE?si=g-y_ysOd2XDTHb8y
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।