काठमाडौं । बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार खुट्टामा गोली लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए ।अस्पतालमा ३ दिन बिताएपछि डिस्चार्ज भएका हुन् । अस्पतालबाट घर आएपछि गोविन्दाले उक्त दिन के भयो रु लोडेड रिभल्भर किन राख्नुपरेको विषयमा बताएका छन् । गोविन्दाले सुरुमा आफूलाई घटनाप्रति विश्वासै नलागेको बताए । उनी भन्छन्, ‘अलि गहिरो चोट थियो, पत्याउनै सकिनँ सुरुमा त । के भयो जस्तो लाग्यो ।’
घटना हुँदा घरमा आफू एक्लै भएको र बिहान ४:४५ देखि ५ बजेको बीचमा घटना भएको उनी बताउँछन् । त्यतिबेला गोविन्दा कोलकाता जाने तरखरमा थिए । उनी भन्छन्, ‘म कोलकाताको शोमा जाने तयारी गरिरहेको थिएँ । बिहानको पौने ५ देखि ५ बजेको थियो होला । त्यो रिभल्वर खस्यो र पड्क्यो । मलाई झट्का लाग्यो, हेर्दा रगतको फोहोरा देखेँ । यो घटनामा अरू कसैलाई जोड्नु ठीक छैन र अरूलाई अप्ठ्यारो पार्नु हुँदैन भन्ने लाग्यो, त्यसैले मैले केही भिडिओ बनाएँ र डा.अग्रवालकहाँ गएँ । उनी मसँगै आए र मलाई क्रिटी केयर अस्पताल लगे ।’
यस घटनाबाट ठूला पाठ सिकेको उनी बताउँछन्। गोविन्दा भन्छन्, ‘जब डाक्टरले खतरामुक्त छ भन्नुभयो, सबै कुरा ठीकठाक छ भन्नुभयो । म अलिकति हर्षित भएँ, त्यसैले मलाई केही गलत छैन भन्ने लाग्यो । म अहिले अलि सहज छु । मलाई थाहा थिएन कि यस्तो केही हुनेछ । तर, हामीले ख्याल गर्नुपर्छ । म आशा गर्छु, यस्तो फेरि कसैलाई नहोस् । यसबाट ठूलो पाठ सिकेको छु ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।