नारायणगढ–बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिने

नवलपुर । नारायणगढ–बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिने भएको छ । सिसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले चालक र गाडीको गतिसमेत डिटेक्ट गर्ने एनपिआर क्यामेरा जडान गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार एउटा क्यामेराको मूल्य एक लाख २५ हजार रूपैयाँ पर्छ ।

उक्त रकम जिल्लाका पालिकाबाट प्राप्त हुने र कुन पालिकाले कति रूपैयाँ दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलबाट तय हुने उनले जानकारी दिए ।

बाटो विस्तारका क्रममा रहेकाले अहिले नारायणगढ–बुटबल सडकखण्डमा राखिएका क्यामेराहरु हराएका र केही बिग्रेको अवस्थामा छन् । हाल दुम्किबासमा एउटा मात्र सिसी क्यामेरा रहेको प्रहरीले जनाएको छ ।

यसअघि बाटो विस्तारको काम पूर्णरुपमा सकिएपछि मात्र क्यामेरा जडान गर्ने भनिए पनि बाटो विस्तारको काम सम्पन्न हुन समय लाग्ने देखिएपछि सहरबजारमा सडक बनेको ठाउँमा क्यामेरा जडान गरिने भएको हो ।

हाल सडक विस्तार भएका ठाउँमा अत्यधिक गतिमा सवारीसाधन चलाउने गरिएकाले त्यसले दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले गति सीमित गर्न पनि चालकलाई आग्रह गरेको छ । प्रहरी नायब उपरीक्षक शाहले व्यक्तिगत प्रयोजनका लागि विभिन्न पसलमा राखेका क्यामेरामध्ये एउटा क्यामेरा सडकतर्फ फर्काएर राखी प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज