रत्ननगर–१२ का प्रकृतिलाई उच्च शिक्षाका लागि स्कुटर प्रदान

रत्ननगर । शारीरिकरूपमा अशक्तता भई हिँडडुल गर्न नसक्ने तथा कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने सपना पूरा गर्न नसकेकी रत्ननगर–१२ का प्रकृति देवकोटालाई रत्ननगर नगरपालिकाले सहयोग गरेको छ ।

कम्मरभन्दा तलको भागले टेक्न नसक्ने शारीरिक समस्या भएकी उनको स्नातक अध्ययन गर्ने सपना नगरपालिकाले पूरा गरिदिने भएको छ । सोमबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले चारपाङ्ग्रे स्कुटर हस्तान्तरण गर्दै उनको बाँकी शैक्षिक यात्राका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘रत्ननगरमा आर्थिक अभावका कारण पढ्नबाट कोही पनि वन्चित हुनु पर्दैन’, उनले भने, नगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने प्रकृतिजस्तै विद्यार्थीहरुका लागि हो ।’ शहीद स्मृति बहुमुखी क्याम्पससम्म जान आउन सहज होस् भनेर चारपाङ्ग्रे स्कुटर प्रदान गरिएको र उनका लागि आवश्यक शैक्षिक शुल्क, स्टेसनरी लगायतका सामग्रीको लागि पनि नगरपालिकाले सहयोग गर्ने र स्नातक उत्तीर्णपश्चात् जागिरको प्रबन्ध गर्नसमेत आफू प्रतिबद्ध रहेको मेयर सापकोटाले बताए ।

रत्ननगरको न्यू क्यापिटल कलेजबाट चार वर्षअघि १२ कक्षा उत्तीर्ण गरेकी देवकोटाको शैक्षिक यात्रा आर्थिक अभावका कारण बीचैमा रोकिएको थियो । वृद्ध बुबासँग रत्ननगर–१२ मा बस्दै आएकी उनको बारेमा रत्ननगरको विभिन्न विषयगत समितिले घरमै पुगेर स्थलगत अध्ययनसमेत गरेको थियो ।

प्रकृति साहित्य सिर्जना र अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेकी छन् । उनले अवरुद्ध भएको शैक्षिक यात्रा अगाडि बढाउन सिंगो नगरपालिका र मेयर सापकोटा अभिभावक बनेर सहयोग गरेकोमा आभार व्यक्त गर्दै लगानी खेर जान नदिने बताएकी छन् । भविष्यमा लोकसेवा उत्तीर्ण गरी राष्ट्रसेवक कर्मचारी बन्ने र आफूजस्तै शारीरिक अपाङ्गता भएकाहरुलाई सहयोग गर्न इच्छा रहेको उनी बताउँछिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख एवं महिला विकास अधिकृत दीपा घिमिरे शर्माले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट वन्चित छात्रछात्रालाई विगतमा पनि ह्वीलचियर, ट्राइसाइकल र चारपाङ्ग्रे स्कुटर प्रदान गरिँदै आएको बताइन् ।

कार्यक्रममा उपमेयर यादवप्रसाद पाठक, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, प्रशासन शाखा प्रमुख सबिता अर्याल, महिला विकास निरीक्षक रन्जना पौडेललगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज