भरतपुर महानगरले गरिदियो ९२३ छोरीको जीवन बिमा

भरतपुर । भरतपुर महानगरपालिकाले हालसम्म ९२३ छोरीको जीवन बिमा गरिदिएको छ । महानगरको २०७९ जेठ ११ गतेको निर्णय र भरतपुर महानगरपालिका छोरी जीवन बिमा गर्नेसम्बन्धी कार्यविधि, २०७९ (प्रथम संशोधन २०७९) अनुसार महानगरले छोरीहरुको जीवन बिमा गरिदिएको हो । चालू आव २०८१/८२ को हालसम्म ८० जना छोरीको जीवन बिमा भइसकेको महानगरले जनाएको छ । छोरी जीवन बिमासम्बन्धी पहिलो कार्यविधि २०७९ असार ३१ गते प्रमाणीकरण भएको थियो । संशोधित कार्यविधि २०७९ माघ २९ गते प्रमाणीकरण भई कार्यान्वयन भएको हो ।

महानगरभित्र स्थायीरुपमा बसोवास गर्ने र सरकारी स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएकी आमाले छोरी जन्माए ती छोरीको महानगरले जीवन बिमा गरिदिने गरेको छ । छोरी जीवन बिमाका लागि बुबाआमाले आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिनुपर्ने महानगरको महिला, बालबालिका तथा समाजकल्याण शाखाकी वरिष्ठ महिला विकास अधिकृत एवं जीवन बिमा कार्यान्वयन समितिकी सदस्यसचिव सुशीला वाग्लेले बताइन् ।

छोरी जन्मिएको ९० दिनभित्र सम्बन्धित स्वास्थ्य संस्थाले दिएको जन्म प्रमाणपत्र, जन्मदर्ता, छोरीको पासपोर्ट साइजको फोटो, वडाको सिफारिस, बुबाआमाको विवाहदर्ता, नागरिकताको प्रतिलिपि र महानगरमा स्थायी बसोवास गरेको खुल्ने प्रमाण संलग्न गरी निवेदन दिनुपर्ने उनले बताइन् ।

यसरी प्राप्त हुन आएका निवेदनमाथि बिमा कार्यान्वयन समितिले छानबिन गर्ने छ । नगरप्रमुखको संयोजकत्वमा आठ सदस्यीय छोरी बिमा कार्यान्वयन समिति रहने व्यवस्था छ । मनासिव देखिएको निवेदन उपर समितिले बिमा गरिदिने निर्णय गर्ने छ भने बिमा प्रिमियमबापत हरेक वर्ष दिनुपर्ने रकम महानगरले बिमा कम्पनीलाई उपलब्ध गराउने उनले जानकारी दिइन् । उनका अनुसार राष्ट्रिय बिमा कम्पनीमा ५० हजार रूपैयाँको १५ वर्षे अवधिको जीवन बिमा गर्न महानगरले प्रिमियम रकम दिने छ ।

छोरी जीवन बिमाको प्रिमियम रकमबापत महानगरले बर्सेनि तीन हजार ३१७ रूपैयाँ बिमा कम्पनीलाई उपलब्ध गराउने सहायक महिला विकास निरीक्षक निमा खड्काले बताइन् । ‘एउटा छोरीको जीवन बिमाका लागि महानगरले १५ वर्षसम्म जम्मा ५० हजार तिरिदिन्छ । त्यसमा बिमा कम्पनीले बोनस थप गरेर जम्मा एक लाख रूपैयाँ दिन्छ । उक्त रकममा करकट्टी हुन सक्छ’, उनले भनिन् ।

महानगरको नगरप्रमुखमा दोस्रोपटक निर्वाचित भएपछि पदभार ग्रहण गर्ने क्रममा रेनु दाहालले छोरीहरुको जीवन बिमा गरिदिने पहिलो निर्णय गरेकी थिइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज