Advertisement

समाचार

जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु

जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु

कर्णाली, खेलकुद, समाचार
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा एक क्रिकेट खेलाडीको पनि मृत्यु भएको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको जानकारी दिएको छ । क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै क्यानले देशमा पछिल्लो दिनहरूमा विकसित भएको घटनाक्रम र  सोहि दौरान आन्दोलनको क्रममा सहादत प्राप्त गर्नु हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।...
राजविराजमा फोहोर व्यवस्थापन ठप्प, दुर्गन्धित बन्दै नगरक्षेत्र

राजविराजमा फोहोर व्यवस्थापन ठप्प, दुर्गन्धित बन्दै नगरक्षेत्र

मधेस प्रदेश, समाचार, स्वास्थ्य
विनय कर्ण, कल्याणपुर (सप्तरी)।सप्तरीको राजविराज नगरपालिकामा पाँच दिनदेखि फोहोर सङ्कलन नहुँदा नगरक्षेत्र दुर्गन्धित बनेको छ । मङ्गलबार जेनजीको प्रदर्शनका क्रममा आगजनी हुँदा नगरपालिकाको कार्यालयदेखि सवारी साधनसम्म जलेर नष्ट भएपछि फोहोर सङ्कलन रोक्किँदा यस्तो समस्या उत्पन्न भएको हो । प्रदर्शनकारीले गरेको आगजनीबाट नगरपालिकाको प्रशासनिक भवनमा रहेका कागजात, फर्निचर र महत्त्वपूर्ण सामानसँगै फोहोर सङ्कलनका लागि प्रयोग हुँदै आएका चार वटा ट्याक्टर र तीन वटा टिपर पनि जलेर नष्ट भएपछि नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको हो । आगजनीपछि नगरपालिकाको कार्यालय खुल्ने अवस्थामा नरहे पनि तत्काल वैकल्पिक व्यवस्था मिलाएर फोहोर व्यवस्थापन गर्नुपर्ने राजविराज वडा नम्बर ७ का सागर साह बताउनुहुन्छ । फोहोर उठाउने सवारी साधन नष्ट भएपछि राजविराज बजार सहितका बस्तीहरूमा पाँच दिनदेखि फोहोर थुप्रिँदै गएक...
धमाधम रोकियो चलचित्र प्रदर्शन

धमाधम रोकियो चलचित्र प्रदर्शन

मनोरञ्जन, समाचार
काठमाडौँ। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको कारण गत साता ‘अभिमन्यु’ को प्रदर्शन स्थगित भएको छ । यसै गरी संविधान दिवसका अवसरमा असोज ३ गते प्रदर्शन तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘जारी २’ को प्रदर्शन पनि रोकिएको छ । मुलुकको वर्तमान स्थितिलाई ध्यानमा राखी पूर्वनिर्धारित मितिमा चलचित्र प्रदर्शन नहुने निर्माता रामबाबु गुरुङले बताउनुभयो । दैनिक जीवन पुनः लयमा फर्किन थालेको खण्डमा चलचित्रको नयाँ मिति घोषणा गरिने उहाँको भनाइ थियो ।...
जेनजी प्रदर्शनमा भाइरल ‘बन्दै छ नेपाल’ गीत युट्युबबाट हट्यो, के भन्छन् र्‍यापर मिस्टर डी ?

जेनजी प्रदर्शनमा भाइरल ‘बन्दै छ नेपाल’ गीत युट्युबबाट हट्यो, के भन्छन् र्‍यापर मिस्टर डी ?

ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौँ । चर्चित र्‍यापर सन्दीप बिस्ट (मिस्टर डी) को सात वर्ष पुरानो व्यङ्ग्यात्मक गीत ‘बन्दै छ नेपाल’ युट्युबबाट हटाइएको छ । युट्युबले ‘हिंसात्मक वा भयावह सामग्री’ समावेश भएको कारण देखाउँदै भिडिओ हटाएको हो । हालै नेपालमा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा यो गीत सामाजिक सञ्जालमा पुनः चर्चित बनेको थियो । प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनी जस्ता घटनाका दृश्यमा यो गीत प्रयोग गरी टिकटक र फेसबुकमा भिडिओहरू भाइरल भएका थिए । गीत हटेपछि र्‍यापर मिस्टर डीले सामाजिक सञ्जालमार्फत अब उक्त भिडिओ फिर्ता ल्याउने वा पुनः अपलोड गर्ने मनस्थितिमा आफू नरहेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “धेरै अगाडिको यो मेरो गीत अस्ति मात्र युट्युबबाट हटेको थ्यो र अब म यसलाई फिर्ता ल्याउने र फेरि अपलोड गर्ने मानसिकतामा नि छैन । सरी गाइज ।” ‘बन्दै छ नेपाल’ गीतले नेपाली राजनीतिको विकृति, नेताहरूले चुनावअघि जनताल...
रत्ननगर विवरण संकलन र कार्यालय सञ्चालनको तयारीमा जुट्ने

रत्ननगर विवरण संकलन र कार्यालय सञ्चालनको तयारीमा जुट्ने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, राजनीतिक, समाचार
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आगजनीबाट भएको क्षतिको विबरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । शनिबार बसेको १७२औं कार्यपालिका बैठकले तोडफोड र आगजनीको घटनप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना तथा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गरेको छ । नगरपालिका पूर्णरुपमा ध्वस्त रहेको बेला तत्काल कार्यालय सञ्चालन गर्न सक्ने अबस्था नरहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । नगरपालिका र वडा कार्यालयमा आगजनीबाट भएको क्षतिको विबरण संकलन गर्ने र सकेसम्म छिट्टै कार्यालय सञ्चालन गर्ने गरी उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने, जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय सरसफाई गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रकास खनालले जानकारी दिए । कार्यपालिका बैठकमा जेन्जी आन्दोलनमा सहभागी भएर...
रत्ननगरका मेयर प्रलाद सापकोटाले सम्पूर्ण तलब भत्ता रत्ननगरकै पुनर्निमाणमा योगदान गर्ने

रत्ननगरका मेयर प्रलाद सापकोटाले सम्पूर्ण तलब भत्ता रत्ननगरकै पुनर्निमाणमा योगदान गर्ने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, राजनीतिक, समाचार
रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले बाँकी रहेको कार्याकालको मासिक सेवा सुबिधा वापतको रकम पुनर्निमाणमा योगदान गर्ने घोषणा गरेका छन् । शनिबार सम्पन्न १७२औं कार्यपालिका बैठकमा बोल्दै उनले मेयरको हैसियतमा आफुले पाउने तलब र भत्ता वापतको रकम नगरपालिका र वडा कार्यालयको पुनर्निमाणमा लगाउने घोषणा गरेका हुन् । नगरको विकास र नगरबासीको हितमा काम गर्ने आफ्नो इच्छाशक्तिबाट आफु विचल्लित नरहेको भन्दै उनले नयाँ उर्जा र हिम्मतका साथ नगरको चौतर्फी विकासमा क्रियाशिल रहने बताए । उनले स्थानीय सरकारलाई पुरानै अबस्थामा फर्काउने गरी काममा जुट्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका छन् । जेन्जी आन्दोलनका क्रममा नगरपालिका र वडा कार्यालयमा तोडफोड र आगजनी भएपछि बसेको कार्यपालिका बैठकले विभिन्न निर्णय गरेको छ । आगजनीबाट भएको क्षतिको विबरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय ग...
राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका चार आकांक्षी

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका चार आकांक्षी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
९ भदौ, काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चुन्नका लागि सभामुख देवराज घिमिरेले समय तोकेका छन् । यही भदौ ११ गते निर्वाचन हुने भएसँगै उक्त पदमा सम्भावित चार जना सांसदहरू आकांक्षी देखिएका छन् । नेकपा एमालेले कांग्रेसलाई सभापतिमा सघाउने बताउँदै आएको छ । २७ सदस्यीय समितिमा कांग्रेसका ९ जना छन् । नेकपा एमालेका ६ जना छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ । यो सभापति निर्वाचनका लागि बहुमत हो । यसबाहेक समितिका सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सर्वेन्द्र नाथ शुक्ला र जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई सदस्य छन् । यो ३ थपिंदा समितिमा सत्तापक्षको संख्या १८ पुग्छ । राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा...
नेपाली कांग्रेसबाट शरदकुमार बर्तौंलाको राजनीतिक यात्रा अन्त्य

नेपाली कांग्रेसबाट शरदकुमार बर्तौंलाको राजनीतिक यात्रा अन्त्य

ताजा अपडेट, बागमती, राजनीति, समाचार
चितवन । नेपाली कांग्रेसका नेता तथा चितवन क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार बर्तौंलाले आफ्नो लामो राजनीतिक यात्राको औपचारिक अन्त्यको घोषणा गरेका छन्। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेससँगको आफ्नो राजनीतिक यात्रा समाप्त भएको जानकारी दिएका हुन्। बर्तौंलाले कांग्रेससँगको आफ्नो सम्बन्धलाई केवल राजनीतिक मात्र नभई जीवन मूल्य र चेतनासँग जोडिएको बताउँदै यो पार्टीले आफूलाई संघर्ष, सेवा र लोकतान्त्रिक मूल्यप्रति समर्पित रहन प्रेरणा दिएको उल्लेख गरेका छन्। विज्ञप्तिमा उनले नेपाली कांग्रेसले दिएको अवसर, विश्वास र साथप्रति आभार व्यक्त गर्दै स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा पाएको जिम्मेवारीप्रति कृतज्ञता प्रकट गरेका छन्। “आज म औपचारिक रूपमा नेपाली कांग्रेसको राजनीतिक यात्राबाट अलग हुने निर्णय गरेको छु,” उनले विज्ञप्तिमा भनेका छन्, “तर, नेपाली कांग्रेसका...

चितवनको जिएसटी कलेजमा चार वर्षीय बिबिए कार्यक्रम सुरु, १ करोड बराबरको छात्रवृत्ति घोषणा

ताजा अपडेट, शिक्षा, समाचार
चितवन, रत्ननगर–१, निपनीस्थित ज्ञानसुधा टेक्निकल (जिएसटी) कलेजले सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन प्राप्त चार वर्षीय बिबिए कार्यक्रम सुरु गरेको छ। दुई सेक्सनमा ६६ सिटको कोटा रहेको यस कार्यक्रमको शुल्क ६ लाख ७५ हजार रुपैयाँ तोकिएको छ। पहिलो २० जना जेहेनदार, द्वन्द्वपीडित र विपन्न विद्यार्थीलाई विशेष छात्रवृत्ति दिइनेछ। कलेजले मेहनती विद्यार्थीका लागि एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ। यही साउन २९ गते ‘लन्चप्याड सेलिब्रेटिङ सक्सेस, चार्टिङ फ्युचर’ कार्यक्रम पनि आयोजना गरिनेछ।    ...
उदय मानन्धरको “ह्याप्पी एनिभर्सरी” सार्वजनिक

उदय मानन्धरको “ह्याप्पी एनिभर्सरी” सार्वजनिक

बागमती, मनोरञ्जन, समाचार
पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली "ह्याप्पी एनिभर्सरी" गीत आज सार्वजनिक भएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । मानन्धरलाई कोरस आवाजमा लक्ष्मी महर्जन र नारायणी महर्जनले साथ दिएका छन् । चितवनकै चर्चित साहित्यकार कमल अर्यालले गीतको शव्द तयार पारेका हुन् भने गीतको थेगो लेखन लक्ष्मी मानन्धरको रहेको छ । हरिशरण सायमीको संगीत संयोजन रहेको गीतलाई काठमाण्डौ स्थित स्ट्रिङ्ग्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोमा विष्णु लक्ष्मी मानन्धर संगै उदय मानन्धरको अभिनय रहेको छ, गीतमा अन्जित बोहरा, सानु लामा, जेनिसा सिजापति र उज्वल लामिछानेको नृत्य रहेको छ । अन्जित बोहराको कोरियोग्राफी रहेको गीतमा कृष्ण प्रसाद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज