काठमाडौँ। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको कारण गत साता ‘अभिमन्यु’ को प्रदर्शन स्थगित भएको छ । यसै गरी संविधान दिवसका अवसरमा असोज ३ गते प्रदर्शन तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘जारी २’ को प्रदर्शन पनि रोकिएको छ ।

मुलुकको वर्तमान स्थितिलाई ध्यानमा राखी पूर्वनिर्धारित मितिमा चलचित्र प्रदर्शन नहुने निर्माता रामबाबु गुरुङले बताउनुभयो । दैनिक जीवन पुनः लयमा फर्किन थालेको खण्डमा चलचित्रको नयाँ मिति घोषणा गरिने उहाँको भनाइ थियो ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।