Advertisement

कर्णाली

जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु

जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु

कर्णाली, खेलकुद, समाचार
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा एक क्रिकेट खेलाडीको पनि मृत्यु भएको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको जानकारी दिएको छ । क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै क्यानले देशमा पछिल्लो दिनहरूमा विकसित भएको घटनाक्रम र  सोहि दौरान आन्दोलनको क्रममा सहादत प्राप्त गर्नु हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।...
सोती घटनामा उच्‍च अदालतबाट २३ जनाको जन्मकैद सजाय सदर, जातीय विभेदको कसुर बदर

सोती घटनामा उच्‍च अदालतबाट २३ जनाको जन्मकैद सजाय सदर, जातीय विभेदको कसुर बदर

Breaking News 1, कर्णाली, ताजा अपडेट, समाचार
उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ। अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो। जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए। 'फैसलामा आंशिक उल्टी भएको छ। रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गरेको थियो। त्यो सदर भएको छ,' थापाले भने, 'जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो। त्यसलाई उच्च अदालतले बदर गरेको छ। पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैदको सजाय सदर नै भएकाले आंशिक उल्टी भएको हो।' जन्मकैद २५ वर्ष हुन्छ। यो घटनामा डम्बरबहादुर मल्ल (चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष), सोती गाउँ...
कार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस कमजोर

कार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस कमजोर

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाडौँ | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र स्थानीय तहले गरेका कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ। आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क सुदूरपश्चिम प्रदेशले पाएको छ। सुदूरपश्चिमको ५१ दशमलव छ अङ्क छ। त्यसैगरी, कोशीले ५० दशमलव नौ, बागमतीले ४५ दशमलव छ, कर्णालीले ४१ दशमलव छ, गण्डकीले ४० दशमलव आठ र लुम्बिनीले ३५ दशमलव नौ अङ्क प्राप्त गरेको छ। कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेस प्रदेश देखिएको छ, मधेस प्रदेशले ३० अङ्कमात्र पाएको छ। आयोगले प्रदेशहरूलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अङ्क दिएको हो। जसमा लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु, प्रदेशले स्थानीय तहलाई स...
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

कर्णाली, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं | दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन् । उनी ३ हजार १२७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत प्राप्त गर्दा माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२ मत पाएका छन् । २०७९ सालको निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो ।...
कांग्रेसले सर्केगार्डको उपाध्यक्षमा सबिता बुढालाई उठाउने

कांग्रेसले सर्केगार्डको उपाध्यक्षमा सबिता बुढालाई उठाउने

कर्णाली, राजनीति, समाचार
सिमकोट | आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले हुम्लाको सर्केगार्ड गाउँपालिकाको उपाध्यक्षमा सबिता बुढालाई उम्मेदवार बनाउने भएको छ। कांग्रेस हुम्लाको ‘क’ प्रदेश कार्यसमिति बैठकले उपाध्यक्षको उम्मेदवारका लागि बुढाको नाम सिफारिस गरेको थियो। कांग्रेस जिल्ला संसदीय समितिले बुढाको नाम अनुमोदन गरेको उपसभापति वसन्त रोकायाले जानकारी दिए। जिल्लाको निर्णयबारे अब केन्द्रलाई जानकारी गराउने उनले बताए। बुढा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधि हुन्। गत भदौमा उक्त गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सडक दुर्घटनमा निधन भएको थियो।...
कर्णालीमा इन्धनबाट चल्ने गाडीसँग प्रतिस्पर्धा गर्दै विद्युतीय गाडी

कर्णालीमा इन्धनबाट चल्ने गाडीसँग प्रतिस्पर्धा गर्दै विद्युतीय गाडी

अर्थ, कर्णाली, समाचार
कर्णाली | कर्णालीमा पछिल्लो समय सार्वजनिक यातायातका रुपमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ ।  पेट्रोलियम पदार्थबाट चल्ने सवारीको चाप हुने कर्णालीका सडकमा अहिले विद्युतिय सवारीले अड्डा जमाउन थालेको छन् । कर्णालीका प्रायः जिल्लाहरूमा पुग्ने पेट्रोलियम पदार्थबाट चल्ने सवारीको सामाज्यलाई अहिले भने विजुलीबाट चल्ने सवारीले कडा टक्कर दिइरहेका छन् । विद्युती सवारीहरू अचेल कर्णालीका पहाडी जिल्लाहरूमा दैनिक पुगिरहेका छन् । प्रायः निजी प्रयोजनका लागि प्रयोग गरिँदै आएका विद्युतीय सवारीहरू पछिल्ला वर्षमा सार्वजनिक यातायातमा भित्रिने संख्या बढ्दो छ । कर्णाली प्रवेश गर्ने मुख्य स्थलमार्ग नेपालगञ्ज–सुर्खेत रुटमा दैनिक छिटपुट सञ्चालन हुने विद्युतीय सवारीहरू अहिले सुर्खेतबाट पहाडी जिल्ला दैलेख, जाजरकोट सदरमुकाम तथा रुकुम पश्चिममासमेत सञ्चालन आउन थालेका छन् । ११ देखि १७ सिट क्षमताका साना सवारीहरू ...
जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

कर्णाली, शिक्षा, समाचार
जुम्ला | जुम्लाको सिञ्जा गाउँपालिकाकामा ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन्। पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ। साक्षरताका १२ वटा सूचकमध्ये हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अंक भन्न र सामाजिक भावना व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर धितालले बताए। बाह्रवटा सूचकमध्ये बाँकी छवटा सूचक पूरा गर्न विद्यार्थी र विद्यालय परिचालन गरिएको छ । मूल्यांकन गर्दा सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत मानिएको छ। पच्चीस प्रतिशत परियोजना कार्यमध्येबाट विद्यार्थीले अभिभावकलाई साक्षर बनाउने र एकअर्कालाई सिकाउने रणनीति गाउँपालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज