नेपाली कांग्रेसबाट शरदकुमार बर्तौंलाको राजनीतिक यात्रा अन्त्य

चितवन । नेपाली कांग्रेसका नेता तथा चितवन क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार बर्तौंलाले आफ्नो लामो राजनीतिक यात्राको औपचारिक अन्त्यको घोषणा गरेका छन्। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेससँगको आफ्नो राजनीतिक यात्रा समाप्त भएको जानकारी दिएका हुन्।

बर्तौंलाले कांग्रेससँगको आफ्नो सम्बन्धलाई केवल राजनीतिक मात्र नभई जीवन मूल्य र चेतनासँग जोडिएको बताउँदै यो पार्टीले आफूलाई संघर्ष, सेवा र लोकतान्त्रिक मूल्यप्रति समर्पित रहन प्रेरणा दिएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा उनले नेपाली कांग्रेसले दिएको अवसर, विश्वास र साथप्रति आभार व्यक्त गर्दै स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा पाएको जिम्मेवारीप्रति कृतज्ञता प्रकट गरेका छन्।

“आज म औपचारिक रूपमा नेपाली कांग्रेसको राजनीतिक यात्राबाट अलग हुने निर्णय गरेको छु,” उनले विज्ञप्तिमा भनेका छन्, “तर, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लगायत सबै जिम्मेवारी र सदस्यताबाट पनि आजकै मितिदेखि राजीनामा दिएको छु।”

उनले अब नयाँ जीवनको अध्याय आरम्भ गर्ने तयारी गर्दै आगामी दिनमा समाजसेवा, मूल्य र नैतिकताप्रति आफू प्रतिबद्ध रहने बताएका छन्। कांग्रेससँगको आफ्नो सम्पूर्ण यात्रा गौरव र कृतज्ञताको रूपमा रहेको उल्लेख गर्दै उनले पार्टी र नेता–कार्यकर्ताप्रति सदैव सम्मान, आभार र शुभेच्छा मात्र रहने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज