पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली “ह्याप्पी एनिभर्सरी” गीत आज सार्वजनिक भएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । मानन्धरलाई कोरस आवाजमा लक्ष्मी महर्जन र नारायणी महर्जनले साथ दिएका छन् । चितवनकै चर्चित साहित्यकार कमल अर्यालले गीतको शव्द तयार पारेका हुन् भने गीतको थेगो लेखन लक्ष्मी मानन्धरको रहेको छ । हरिशरण सायमीको संगीत संयोजन रहेको गीतलाई काठमाण्डौ स्थित स्ट्रिङ्ग्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा विष्णु लक्ष्मी मानन्धर संगै उदय मानन्धरको अभिनय रहेको छ, गीतमा अन्जित बोहरा, सानु लामा, जेनिसा सिजापति र उज्वल लामिछानेको नृत्य रहेको छ । अन्जित बोहराको कोरियोग्राफी रहेको गीतमा कृष्ण प्रसाद देवकोटाको छायांकन रहेको छ । गीतमा रामु आचार्यको निर्देशन रहेको छ ।
गीतले हरेक विवाहितहरुको जिन्दगीमा बर्षको एक पटक आउने वर्षगांठलाई विषय बनाएको हुँदा गायक मानन्धरले गीत सदावहार भन्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।