Advertisement

राजविराजमा फोहोर व्यवस्थापन ठप्प, दुर्गन्धित बन्दै नगरक्षेत्र

विनय कर्ण, कल्याणपुर (सप्तरी)।सप्तरीको राजविराज नगरपालिकामा पाँच दिनदेखि फोहोर सङ्कलन नहुँदा नगरक्षेत्र दुर्गन्धित बनेको छ ।

मङ्गलबार जेनजीको प्रदर्शनका क्रममा आगजनी हुँदा नगरपालिकाको कार्यालयदेखि सवारी साधनसम्म जलेर नष्ट भएपछि फोहोर सङ्कलन रोक्किँदा यस्तो समस्या उत्पन्न भएको हो ।

प्रदर्शनकारीले गरेको आगजनीबाट नगरपालिकाको प्रशासनिक भवनमा रहेका कागजात, फर्निचर र महत्त्वपूर्ण सामानसँगै फोहोर सङ्कलनका लागि प्रयोग हुँदै आएका चार वटा ट्याक्टर र तीन वटा टिपर पनि जलेर नष्ट भएपछि नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको हो ।

आगजनीपछि नगरपालिकाको कार्यालय खुल्ने अवस्थामा नरहे पनि तत्काल वैकल्पिक व्यवस्था मिलाएर फोहोर व्यवस्थापन गर्नुपर्ने राजविराज वडा नम्बर ७ का सागर साह बताउनुहुन्छ ।

फोहोर उठाउने सवारी साधन नष्ट भएपछि राजविराज बजार सहितका बस्तीहरूमा पाँच दिनदेखि फोहोर थुप्रिँदै गएको प्रति चिन्ता व्यक्त गर्नुहुँदै यसले महामारी फैलिन सक्ने खतरा बढाएको साहले बताउनुभयो ।

सडक, चोक र घर आँगनमा फोहोर जम्दा दुर्गन्ध फैलिएको स्थानीय वसन्त स्वर्णकारलाई डर लागेको छ ।

तत्कालै फोहोर व्यवस्थापनमा नगरिए यसले विभिन्न प्रकारका रोग सङ्क्रमण फैलिन सक्ने खतरा बढेको स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज