चितवन, रत्ननगर–१, निपनीस्थित ज्ञानसुधा टेक्निकल (जिएसटी) कलेजले सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन प्राप्त चार वर्षीय बिबिए कार्यक्रम सुरु गरेको छ। दुई सेक्सनमा ६६ सिटको कोटा रहेको यस कार्यक्रमको शुल्क ६ लाख ७५ हजार रुपैयाँ तोकिएको छ। पहिलो २० जना जेहेनदार, द्वन्द्वपीडित र विपन्न विद्यार्थीलाई विशेष छात्रवृत्ति दिइनेछ। कलेजले मेहनती विद्यार्थीका लागि एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ। यही साउन २९ गते ‘लन्चप्याड सेलिब्रेटिङ सक्सेस, चार्टिङ फ्युचर’ कार्यक्रम पनि आयोजना गरिनेछ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।