काठमाडौँ । जेनजी आन्दोलनका क्रममा एक क्रिकेट खेलाडीको पनि मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको जानकारी दिएको छ । क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

साथै क्यानले देशमा पछिल्लो दिनहरूमा विकसित भएको घटनाक्रम र सोहि दौरान आन्दोलनको क्रममा सहादत प्राप्त गर्नु हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।