Advertisement

ताजा अपडेट

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघिनै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो । गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार आन्तरिक स्थानान्तरणको कामका लागि सबै तयारी पूरा गरिएको छ । प्राविधिक टोलीले पश्चिम क्षेत्रको अमलटारी सेक्टरबाट गैँडा स्थानान्तरणको तयारी सुरू गरेको उनले बताए । निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायतको जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने छ । उनले भने, “अहिले हामीले दुईवटा भाले र दुई वटा पो...
अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु गगन थापा

अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु गगन थापा

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीभन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका हुन् ।...
रास्वपाले बोलायो सचिवालय बैठक, सात विषय छलफलका एजेन्डा

रास्वपाले बोलायो सचिवालय बैठक, सात विषय छलफलका एजेन्डा

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्नेगरी सचिवालय बैठक बोलाएको कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् । कार्यवहाक प्रवक्ता रावलका अनुसार सचिवालय बैठकमा सात विषय छलफल हुनेछ ।  ‘समसामयिक राजनीति र पार्टी गतिविधि,सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायतका विषय छलफलका विषय तय भएका छन्’, रावलको भनाइ छ । त्यस्तै पार्टीका विभिन्न नियमावलीहरू विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) का बारेमा पन...
दुम्किबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

दुम्किबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
नवलपुर | नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ। नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिदा सडक अवरुद्ध भएको जानकारी दिए। उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले पुल भाँचिएपछि बाटो अवरुद्ध भएको जानकारी दिँदै डाइभर्सन नबन्दासम्मलाई बैकल्पिक बाटो खोज्ने काम भइरहेको बताए। एनएल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेभी ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा अधिकांश पुलहरु जीर्ण छन्। जसले गर्दा यहाँ पटकपटक पुल भाँचिएर सडक अवरुद्ध हुने गरेको छ।...
रत्ननगरमा जनप्रतिनिधि र शिक्षक संग प्रहरीको नागरिक सुनुवाइ

रत्ननगरमा जनप्रतिनिधि र शिक्षक संग प्रहरीको नागरिक सुनुवाइ

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, विचार
रत्ननगर । ईलाका प्रहरी कार्यालय रत्ननगरले जनप्रतिनिधि र शिक्षक संग साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण एवं नागरिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । दिनप्रतिदिन सामाजिक संजाल मार्फत हुने अपराध र ठगीको न्यूनीकरणका लागि प्रशिक्षण महत्वपूर्ण हुने रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले बताए । समाजलाई विखण्डित गर्ने खालका अपराध वृद्धि भइरहेको हुँदा प्रहरी नागरिक सुनुवाईले यस्ता अपराधको पहिचान गरी समयमै व्यवस्थापन गर्न सयोग पुर्याउने नगर प्रमुख सापकोटाले विश्वास व्यक्त गरे । सामाजिक अपराध न्यूनीकरणका लागि रत्ननगर नगरपालिकाले प्रहरीको सहयोगका यस्ता प्रशिक्षण र नागरिक सुनुवाईलाई निरन्तरता दिने उनले बताए । प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ति सुरक्षाका सवालमा सर्वसाधारणको भावना बुझ्न नागरिक सुनुवाई गर्दै आएको प्रहरीले पछिल्लो पटक जनप्रतिनिधि र शिक्षक संग नागरिक ...
नेकपा (एमाले) वडा कमिटीले विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

नेकपा (एमाले) वडा कमिटीले विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार, स्वास्थ्य
चितवन | नेकपा (एमाले) वडा कमिटी राप्ती नगरपालिका ६ चितवनले विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रिय आधारभुत विद्यालय राप्ती–६ पडरियामा अध्ययनरत विद्यार्थीहरुलाई कपडासँगै शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालयका ११० जना विद्यार्थीहरुलाई अविभावकहरुको उपस्थितिमा न्यानो कपडा स्विटर तथा शैक्षिक सामाग्री वितरण गरिएको एमाले चितवनका जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज उत्तम सेढाईले जानकारी दिए । न्यानो कपडा एवम् शैक्षिक सामाग्री वितरणका लागि प्रवासी मञ्च पोल्याण्डका सहयोगी रुपक थापा, वडा कमिटी सदस्य धनराज चौधरी लगायतको सहयोग रहेको सेढाईले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले सामाजिक कार्यमा नेकपा एमाले निरन्तर जोडिने गरेको बताए । सामाजिक काम र सहयोगमा ...
नेकपा माओवादी केन्द्रले क्रान्तिकारी तथा मार्क्सवादी दलहरूसँग एकताका लागि वार्ता समिति बनाउने निर्णय

नेकपा माओवादी केन्द्रले क्रान्तिकारी तथा मार्क्सवादी दलहरूसँग एकताका लागि वार्ता समिति बनाउने निर्णय

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
नेकपा माओवादी केन्द्र ले क्रान्तिकारी तथा मार्क्सवादी दलहरूसँग एकताका लागि वार्ता समिति बनाउने निर्णय गरेको छ। आइतबार सुरु भएर मङ्गलबार ९ आज सकिएको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको कोशी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य हर्कबहादुर नेम्वाङले जानकारी दिए। उनका अनुसार पार्टीले ६ महिनासम्म जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यस्तै अर्को ६ महिनाभित्र महाधिवेशनमा जाने निर्णय पनि गरेको छ।...
बागमतीविरुद्ध पुलिसको संघर्ष

बागमतीविरुद्ध पुलिसको संघर्ष

खेलकुद, ताजा अपडेट
बागमती युथ क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डको शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार सम्पन्न खेलमा पुलिसले बागमतीलाई २–० ले हराएको हो। पुलिसको जितमा कप्तान नेरु थापा र पूजा रानाले गोल गरिन्। यसअघि पुलिसले वालिङ नगरपालिकालाई ५–० ले हराएको थियो भने विभागीय डर्बीमा पूजाको गोलले मान्यता नपाउँदा त्रिभुवन आर्मीसँग अंक बाँड्नुपरेको थियो। योसँगै पुलिसले साबिक विकेट एपिएफलाई एक अंकले उछिन्न सफल भएको छ। एक खेल कम खेलेको एपिएफको ६ अंक छ। पुलिसले भने तीन खेलबाट सात अंक बटुलेको छ। बागमतीको भने यो लगातार तेस्रो हार हो। यसअघि बागमती आर्मीसँग २–० र एपिएफसँग ५–१ ले पराजित भएको थियो। पुलिसलाई दोस्रो जित दिलाउन नेरुले खेलको नवौं मिनेटमै सुरुआती अग्रता दिलाएकी थिइन्। निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा...
साढे दुई महिनापछि महिला टोलीले पायो नगद पुरस्कार

साढे दुई महिनापछि महिला टोलीले पायो नगद पुरस्कार

Breaking News 1, खेलकुद, ताजा अपडेट
काठमाडौं। गत असोजमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले करिब साढे दुई महिनापछि सरकारबाट नगद पुरस्कार पाएको छ। गत कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित उक्त प्रतियोगिताको फाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल छैटौंपल्ट उपविजेता भएको थियो। लगत्तै सरकारले नगद सम्मान गर्ने घोषणा गरेको थियो। तर, उक्त नगद सम्मान तिहारलगत्तै गरिने भनेता पनि करिब साढे दुई महिनापछि सरकारले आफ्नो प्रतिबद्धता पूरा गरेको हो। अखिल नेपाल फुटबल संघ एन्फा का अनुसार बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँ प्रदान गरेका हुन्। मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई दुई लाख, सहायक प्रशिक्षकद्वय भगवती थापा र विनोद डंगोललाई ६० हजार रुपैयाँसहित सम्मान गरिएको छ। टोली व्य...

भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु अर्जुन

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, समाचार
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन हैदरावादको सन्ध्या थिएटरमा 'पुष्पा २'को विशेष शोमा भएको भागदौडमा घाइते बालकलाई भेट्न पुगे। घटनामा बालककी आमाको मृत्यु भएको थियो। अल्लु अर्जुन किम्स अस्पतालमा बालकको स्वास्थ्य स्थितिबारे जानकारी लिन पुगेका थिए। बालकको स्वास्थ्य सुधार भइरहेको छ र अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज