साढे दुई महिनापछि महिला टोलीले पायो नगद पुरस्कार

काठमाडौं। गत असोजमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले करिब साढे दुई महिनापछि सरकारबाट नगद पुरस्कार पाएको छ।

गत कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित उक्त प्रतियोगिताको फाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल छैटौंपल्ट उपविजेता भएको थियो।
लगत्तै सरकारले नगद सम्मान गर्ने घोषणा गरेको थियो। तर, उक्त नगद सम्मान तिहारलगत्तै गरिने भनेता पनि करिब साढे दुई महिनापछि सरकारले आफ्नो प्रतिबद्धता पूरा गरेको हो।

अखिल नेपाल फुटबल संघ एन्फा का अनुसार बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँ प्रदान गरेका हुन्।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई दुई लाख, सहायक प्रशिक्षकद्वय भगवती थापा र विनोद डंगोललाई ६० हजार रुपैयाँसहित सम्मान गरिएको छ। टोली व्यवस्थापक बिन्द्रा देवान र टोली फिजियो नवीना श्रेष्ठले एक लाख २० हजार रुपैयाँ प्राप्त गरे।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज