कोशी प्रदेशमा लम्पी स्किनको पुनः प्रकोप: खोप अभाव र सरकारी लापरबाहीले ६३७ पशुचौपायाको मृत्यु

कोशी प्रदेशमा तीन वर्षपछि फेरि लम्पी स्किन रोगको प्रकोप देखा परेको छ। कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार हालसम्म २२,१२२ पशु प्रभावित छन् भने ६३७ वटा पशुचौपायाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी प्रभावित जिल्ला झापा हो, जहाँ ४१० पशु मरेका छन् र १४,६९२ बिरामी छन्। मोरङ, इलाम र सुनसरी पनि बढी प्रभावित छन्। संखुवासभा, ओखलढुंगा र सोलुखुम्बुमा हालसम्म रोग देखिएको छैन। २०७९ फागुनदेखि ०८० साउनसम्मको प्रकोपमा ९,४२१ पशु मरेका थिए। त्यसपछि २०८०/८१ मा संघ, प्रदेश र स्थानीय सरकारहरूले खोप अभियान चलाएपछि समस्या थामिएको थियो। तर, यसवर्ष नियमित खोप कार्यक्रम नहुनु, रोगलाई राष्ट्रिय खोप कार्यक्रममा नसमेटिनु र खोप अभावले पुनः प्रकोप देखिएको विज्ञहरूको भनाइ छ। वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवका अनुसार कम्तीमा ८–१० लाख डोज खोप आवश्यक भए पनि मात्र ४ लाख डोज उपलब्ध भएको छ। सरकार २४ रुपैयाँ प्रतिडोजमा खोप खरिद गर्छ, तर किसानले बजारमा ५०–६५ रुपैयाँसम्म तिर्नुपर्छ। प्राविधिक शुल्कसहित प्रति पशु ३००–५०० रुपैयाँ खर्च पर्न सक्छ।

रोग लागिसकेपछि खोप प्रभावकारी नहुने भएकाले रोकथामका लागि फागुन–चैतमै खोप लगाउन विज्ञहरूको सुझाव छ। गोठ सफा राख्ने, नयाँ पशु क्वारेन्टाइनमा राख्ने, झिँगा-लामखुट्टेको नियन्त्रण जस्ता उपाय अपनाउन भनिएको छ।

दीर्घकालीन समाधानका लागि रोगलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी देशव्यापी खोप अभियान सञ्चालन गर्नु अपरिहार्य भएको डा. यादवले बताए।

 

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज