Advertisement

कोशी प्रदेशमा लम्पी स्किनको पुनः प्रकोप: खोप अभाव र सरकारी लापरबाहीले ६३७ पशुचौपायाको मृत्यु

कोशी प्रदेशमा तीन वर्षपछि फेरि लम्पी स्किन रोगको प्रकोप देखा परेको छ। कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार हालसम्म २२,१२२ पशु प्रभावित छन् भने ६३७ वटा पशुचौपायाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी प्रभावित जिल्ला झापा हो, जहाँ ४१० पशु मरेका छन् र १४,६९२ बिरामी छन्। मोरङ, इलाम र सुनसरी पनि बढी प्रभावित छन्। संखुवासभा, ओखलढुंगा र सोलुखुम्बुमा हालसम्म रोग देखिएको छैन। २०७९ फागुनदेखि ०८० साउनसम्मको प्रकोपमा ९,४२१ पशु मरेका थिए। त्यसपछि २०८०/८१ मा संघ, प्रदेश र स्थानीय सरकारहरूले खोप अभियान चलाएपछि समस्या थामिएको थियो। तर, यसवर्ष नियमित खोप कार्यक्रम नहुनु, रोगलाई राष्ट्रिय खोप कार्यक्रममा नसमेटिनु र खोप अभावले पुनः प्रकोप देखिएको विज्ञहरूको भनाइ छ। वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवका अनुसार कम्तीमा ८–१० लाख डोज खोप आवश्यक भए पनि मात्र ४ लाख डोज उपलब्ध भएको छ। सरकार २४ रुपैयाँ प्रतिडोजमा खोप खरिद गर्छ, तर किसानले बजारमा ५०–६५ रुपैयाँसम्म तिर्नुपर्छ। प्राविधिक शुल्कसहित प्रति पशु ३००–५०० रुपैयाँ खर्च पर्न सक्छ।

रोग लागिसकेपछि खोप प्रभावकारी नहुने भएकाले रोकथामका लागि फागुन–चैतमै खोप लगाउन विज्ञहरूको सुझाव छ। गोठ सफा राख्ने, नयाँ पशु क्वारेन्टाइनमा राख्ने, झिँगा-लामखुट्टेको नियन्त्रण जस्ता उपाय अपनाउन भनिएको छ।

दीर्घकालीन समाधानका लागि रोगलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी देशव्यापी खोप अभियान सञ्चालन गर्नु अपरिहार्य भएको डा. यादवले बताए।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज