काठमाडौँ । एकैसाथ ३ वटा मन्त्रालयको जिम्मेवारी लिनेगरी सोमबार राष्ट्रपतिबाट शपथ लिए लगत्तै शिक्षण अस्पताल महाराजगन्ज पुगेका मन्त्री कुलमान घिसिङसँग जेनजी आन्दोलनका मृतक परिवारले गुनासो पोखेका छन् । सो क्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएका विनोद महर्जनका परिवारका सदस्यहरूले मन्त्री घिसिङलाई जनताको कुरा सुन्नुपर्ने भन्दै हतार गरेर नहिँड्न आग्रह गरे ।

आफूहरूले अहिलेसम्म सरकारसँग आफ्नो माग राख्न नपाएको उनीहरुको गुनासो थियो । ‘सरकारले कहिलेसम्म भोलि भन्दै टार्ने हो ?’ परिवारको गुनासो थियो । जवाफमा कुलमानले सबै मागहरु सम्बोधन हुने प्रतिबद्धता जनाए । यस्तै पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफ दिँदै उनले देशका लागि युवाले गरेको बलिदान खेर नजाने भन्दै देशले नयाँ रूप लिने बताए । घिसिङले उर्जासहित भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।