Advertisement

रत्ननगर उवासंघमा दुई छुट्टा छुट्टै तालिमको समापन

रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको दुई छुट्टा छुट्टै तालिमको शनिबार सकिएको छ । सीप विकास मार्फत महिलाहरुलाई उद्यमी बनाउन आयोजना गरिएको उद्घाषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन र बुके, माला, फुल सजावट तालिम शनिबार सकिएको हो । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, रत्ननगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हरिशरण पाठकले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले महिलाहरुलाई उद्यमी बनाउन स्थानीय सरकारको सहयोगमा बुके,माला, फुल सजावट तालिम र उद्यमी महिलाहरुको नेतृत्व विकासका लागि उद्घाषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम आयोजना गरिएको बताए । महासंघका केन्द्रीय सदस्य श्रेष्ठले निजी क्षेत्रले दिएको तालिमबाट सिकेका कुराहरुलाई आर्थिक उपार्जनको माध्यम बनाउन आग्रह गरे ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उद्यमशिलता विकास मार्फत, रोजगारी र्सिजना गर्ने, आत्मनिर्भर बनाउने र आयआर्जन गर्ने बाताबरण स्थानीय सरकारले बनाउदै आएको बताए । उनले नगरपालिकाले विकास निर्माणसंगै सामाजिक तथा आर्थिक विकासको पाटोलाई पनि महत्वका साथ अगाडि बढाएको बताए । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रमका संघकी कार्यसमितिकी सदस्य लक्ष्मी श्रेष्ठ कोइरालाले धन्यवाद मन्तव्य राखेकी थिइन ।

समापन कार्यक्रममा तालिममा सहभागी अन्जु कुमारी क्षेत्री र जानकी चौधरीले मन्तव्य राखेका थिए । उद्घाषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिमको प्रशिक्षकमा सञ्चारकर्मी रामकान्त पौडेल र निरज श्रेष्ठ, तथा बुके, माला, फुल सजावट तालिमका प्रशिक्षकमा सरिता बराल रहेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज