Advertisement

क्यान्सर पीडित बालकको उपचारका लागि लायन्स चितवन इस्टको आर्थिक

असार १७ गते । लायन्स क्लब अफ चितवन इस्टले खैरहनीका क्यान्सर पीडित बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ । खैरहनी ८, पर्सा निवासी ४ वर्षे रक्त क्यान्सरबाट पीडित दिप्सन दुवाडीलाई लायन्स क्लब चितवन इस्टले ३३ हजार १०८ रुपैयाँ सहयोग गरेको हो । क्लबका अध्यक्ष अर्जुन लम्सालले आफ्नो लायन वर्ष २०२५/०२६ को कार्यकाल आर्थिक सहयोग हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् । आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको अवस्थालाई मध्यनजर गर्दै उपचारमा केही सहज होस भन्ने भावनाले लायन्स इस्टका सदस्यहरुसंग स्वेच्छिक रकम सङ्कलन गरी दिप्सनका अभिभावक लक्ष्मण दुवाडीलाई हस्तान्तरण गरिएको अध्यक्ष लम्सालले बताए । रकम हस्तान्तरणमा लायन्स डिस्ट्रिक्टका पदाधिकारी तथा समाजसेवीहरू बुद्धिराज डल्लाकोटी,ज्ञानबहादुर बिसुराल तथा रक्की खरेलले लायन्सको सेवा कार्यको चर्चा गर्दै दिप्सनको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उपस्थितहरुले यस प्रकारको जटिल समस्यामा विपन्नहरूको लागि राज्यले सकृयता देखाउनु पर्नेमा जोड दिए । कार्यक्रम क्लबका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको कार्यक्रम सचिव राम खड्काले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज