Advertisement

मनोरञ्जन

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पेशागत सुदृढीकरण, हकहित संरक्षण र प्रविधिमैत्री अभ्यासलाई प्राथमिकता दिने निर्णय गरेको छ। महाधिवेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गर्दै फोटो पत्रकारिता लोकतन्त्रको सशक्त स्तम्भ भएको बताए। उनले फोटो पत्रकारहरूको सुरक्षा, सम्मान र क्षमता अभिवृद्धिका लागि राज्यले ठोस नीति ल्याउनुपर्नेमा जोड दिए। महाधिवेशनबाट अध्यक्षमा हरि प्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्षमा दीपक ज्ञवाली र गजेन्द्र राई तथा महासचिवमा भरत ढकाल निर्वाचित भएका छन्। सचिवहरूमा बाबुराम भण्डारी, जितलाल श्रेष्ठ, प्रविन बराल, दीपक गुरुङ, राजेश पराजुली, कोमलचन्द्र भगत र विशाल सुनार चयन भएका छन् भ...
धमाधम रोकियो चलचित्र प्रदर्शन

धमाधम रोकियो चलचित्र प्रदर्शन

मनोरञ्जन, समाचार
काठमाडौँ। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको कारण गत साता ‘अभिमन्यु’ को प्रदर्शन स्थगित भएको छ । यसै गरी संविधान दिवसका अवसरमा असोज ३ गते प्रदर्शन तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘जारी २’ को प्रदर्शन पनि रोकिएको छ । मुलुकको वर्तमान स्थितिलाई ध्यानमा राखी पूर्वनिर्धारित मितिमा चलचित्र प्रदर्शन नहुने निर्माता रामबाबु गुरुङले बताउनुभयो । दैनिक जीवन पुनः लयमा फर्किन थालेको खण्डमा चलचित्रको नयाँ मिति घोषणा गरिने उहाँको भनाइ थियो ।...
जेनजी प्रदर्शनमा भाइरल ‘बन्दै छ नेपाल’ गीत युट्युबबाट हट्यो, के भन्छन् र्‍यापर मिस्टर डी ?

जेनजी प्रदर्शनमा भाइरल ‘बन्दै छ नेपाल’ गीत युट्युबबाट हट्यो, के भन्छन् र्‍यापर मिस्टर डी ?

ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौँ । चर्चित र्‍यापर सन्दीप बिस्ट (मिस्टर डी) को सात वर्ष पुरानो व्यङ्ग्यात्मक गीत ‘बन्दै छ नेपाल’ युट्युबबाट हटाइएको छ । युट्युबले ‘हिंसात्मक वा भयावह सामग्री’ समावेश भएको कारण देखाउँदै भिडिओ हटाएको हो । हालै नेपालमा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा यो गीत सामाजिक सञ्जालमा पुनः चर्चित बनेको थियो । प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनी जस्ता घटनाका दृश्यमा यो गीत प्रयोग गरी टिकटक र फेसबुकमा भिडिओहरू भाइरल भएका थिए । गीत हटेपछि र्‍यापर मिस्टर डीले सामाजिक सञ्जालमार्फत अब उक्त भिडिओ फिर्ता ल्याउने वा पुनः अपलोड गर्ने मनस्थितिमा आफू नरहेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “धेरै अगाडिको यो मेरो गीत अस्ति मात्र युट्युबबाट हटेको थ्यो र अब म यसलाई फिर्ता ल्याउने र फेरि अपलोड गर्ने मानसिकतामा नि छैन । सरी गाइज ।” ‘बन्दै छ नेपाल’ गीतले नेपाली राजनीतिको विकृति, नेताहरूले चुनावअघि जनताल...
उदय मानन्धरको “ह्याप्पी एनिभर्सरी” सार्वजनिक

उदय मानन्धरको “ह्याप्पी एनिभर्सरी” सार्वजनिक

बागमती, मनोरञ्जन, समाचार
पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली "ह्याप्पी एनिभर्सरी" गीत आज सार्वजनिक भएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । मानन्धरलाई कोरस आवाजमा लक्ष्मी महर्जन र नारायणी महर्जनले साथ दिएका छन् । चितवनकै चर्चित साहित्यकार कमल अर्यालले गीतको शव्द तयार पारेका हुन् भने गीतको थेगो लेखन लक्ष्मी मानन्धरको रहेको छ । हरिशरण सायमीको संगीत संयोजन रहेको गीतलाई काठमाण्डौ स्थित स्ट्रिङ्ग्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोमा विष्णु लक्ष्मी मानन्धर संगै उदय मानन्धरको अभिनय रहेको छ, गीतमा अन्जित बोहरा, सानु लामा, जेनिसा सिजापति र उज्वल लामिछानेको नृत्य रहेको छ । अन्जित बोहराको कोरियोग्राफी रहेको गीतमा कृष्ण प्रसाद...

‘मोहर’ सेन्सर पास, PG सर्टिफिकेटसहित शुक्रबारबाट प्रदर्शनमा

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
आगामी शुक्रबार (साउन २३) बाट रिलिज हुन लागेको फिल्म ‘मोहर’ सेन्सर पास भएको छ। चलचित्र सेन्सर बोर्डले कुनै दृश्य नकटाई फिल्मलाई PG सर्टिफिकेट दिएको छ, जसअनुसार १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा मात्र फिल्म हेर्न पाउनेछन्। ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाललगायतको अभिनय छ। प्रचारमा नायक पल शाह र गायक थानेश्वर गौतम देशभर दर्शकसँग प्रत्यक्ष भेट गर्दै छन्।...

धादिङकी दिलिजा, चितवनको शान — सेमिफाइनल यात्रा सफल, अब फाइनलको लक्ष्य

Breaking News 1, मनोरञ्जन, समाचार
चितवन, साउन १४ — धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–०३ मा जन्मिएकी र हाल चितवनको टाडीमा बसोबास गर्दै आएकी ९ वर्षीया बाल गायिका दिलिजा रुवाली अन्तर्राष्ट्रिय गायन रियालिटी शो दि भ्वाइस अफ किड्स सिजन ४ मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल सम्म आइपुगेकी छिन्। सानै उमेरदेखि संगीतमा रुचि राख्ने दिलिजाले आफ्नो सुमधुर स्वर, भावनात्मक प्रस्तुती र मञ्चमा आत्मविश्वासपूर्ण उपस्थितिका कारण निर्णायकसहित हजारौं दर्शकको मन जितेकी छिन्। उनको गायनमा प्राविधिक क्षमता र गहिरो संवेदनशीलता देखिएको छ, जसले उनलाई प्रतियोगितामा शक्तिशाली प्रतिस्पर्धीको रूपमा उभ्याएको छ। प्रतियोगिता अब निर्णायक चरणमा पुगेको हुँदा दिलिजालाई फाइनलसम्म पुर्‍याउन भोटिङ आवश्यक रहेको आयोजकले जनाएका छन्। देश–विदेशमा रहेका नेपालीहरूलाई दैनिक रूपमा भोट गरेर साथ दिन आग्रह गरिएको छ। भोट कसरी गर्ने? Khalti App खोल्नुहोस् “Voting...
‘बाउ भर्सेस छोरा’ होल्डमा, अब बन्ने भयो ‘होस्टेल अगेन’

‘बाउ भर्सेस छोरा’ होल्डमा, अब बन्ने भयो ‘होस्टेल अगेन’

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं, साउन ५। केही समयअघि सार्वजनिक घोषणा गरिएको नेपाली चलचित्र ‘बाउ भर्सेस छोरा’ हाललाई निर्माण टिमले होल्डमा राखेको छ । यसको सट्टा अब निर्माण टिमले नयाँ चलचित्र ‘होस्टेल अगेन’ निर्माण गर्ने औपचारिक जानकारी दिएको छ । सम्मान इन्टरटेन्मेन्ट र एरन कान फिल्म्सको सहकार्यमा निर्माण हुने यस नयाँ चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रगतले लतपतिएको चक्कु, रातो गुलाफ र “Goodbye…” लेखिएको चिठ्ठी देख्न सकिन्छ, जसले प्रेम, रहस्य र थ्रिलरको मिश्रण रहने संकेत गर्छ । चलचित्रको कथा तथा निर्देशन सशान कँडेलले गर्दै छन् भने लेखकको रुपमा माधव शर्मा संलग्न छन् । चलचित्रका कार्यकारी निर्माता शंकर कोइराला रहेका छन् । पोस्टरमा उल्लेख गरिएको “Filming Soon…” ले चाँडै छायांकन सुरु हुने जानकारी दिन्छ । निर्माता टोलीका अनुसार ‘होस्टेल अगेन’ युवापुस्ताको होस्टेल जीवन, प्रेम, मित्र...
“पर्वतको कुश्मा” सार्वजनिक, दृश्यमा पर्वतका सौन्दर्यहरू

“पर्वतको कुश्मा” सार्वजनिक, दृश्यमा पर्वतका सौन्दर्यहरू

Breaking News 1, गण्डकी, मनोरञ्जन, समाचार
३२ असार, रत्ननगर। चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील वरिष्ठ सर्जक टिकाराम लामिछानेको नयाँ गीत “पर्वतको कुश्मा” सार्वजनिक गरिएको छ। नेपाली सांगीतिक दुनियाँमा छुट्टै स्थान बनाइसकेका चितवनकै लोकप्रिय गायक कृष्ण अधिकारीको स्वरमा रहेको यस गीतमा गायिका मिना लामाले साथ दिएकी छन्। गीतमा शब्द तथा संगीत सर्जक स्वयं टिकाराम लामिछानेकै रहेको छ। पर्वत जिल्लाका प्रसिद्ध तथा प्राकृतिक सौन्दर्यले भरिएका स्थलहरूलाई समेटेर तयार पारिएको यस गीतको भिडियो “ह्याप्पी मिडिया” को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियोमा मुख्य कलाकारको रुपमा टिकाराम शर्मा लामिछाने र सन्ध्या आचार्यले अभिनय गरेका छन्। आकर्षक कोरस नृत्य को कोरियोग्राफी अन्जित बोहराले गरेका छन् भने भिडियोलाई छायांकन कृष्ण प्रसाद देवकोटाले गरेका हुन्। ड्रोन दृश्यहरू, जसले पर्वतको मनमोहक सौन्दर्य झल्काउँछ, पुजन लामि...
महेश चौधरीको पागल बनायो गीतको म्युजिक भिडियो सार्वजनिक

महेश चौधरीको पागल बनायो गीतको म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन
गायक महेश चौधरीको पागल बनायो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेश चौधरीको महेश अफिसिएल युट्युब च्यानल बाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । महेश चौधरीको स्वर रहेको गीतको रचनाकार इर्साद अंसारी र संगीतकार महेश चौधरी हुन् । म्युजिक भिडियोमा प्रेम चौधरी, हिना चौधरी ,सुखी चौधरी र अन्य कलाकारको अभिनय रहेको छ । मेघनाथ चौधरीले छायांकन गरिएको सो म्युजिक भिडियो लाई सम्पादन किशोर चौधरीले गरेका छन्। संगीता र सुखी चौधरीले निमार्ण गरेको सो म्युजिक भिडियो , निर्देशन किशोर चौधरीले गरेका हुन् । https://youtu.be/8GdSUOk7B1w?si=R1rZTGHxeGF9X6qj...
लोक तथा दोहोरी गायिका पवित्रा यात्रीको `मृत्यु दर्ता´ सार्वजनिक

लोक तथा दोहोरी गायिका पवित्रा यात्रीको `मृत्यु दर्ता´ सार्वजनिक

मनोरञ्जन, समाचार
रत्ननगर,जेठ ११ | लोकप्रीय लोक तथा दोहोरी गायिका पवित्रा यात्रीको नयाँ गित"मृत्यु दर्ता" सार्वजनिक भएको छ। लोक दोहोरी क्षेत्रमा विगत देखि नै सकृय यात्री झन्डै दुई बर्षपछी सो एल्बम मार्फत कम ब्याक भएकी हुन।यात्री पछिल्लो समय स्टेज कार्यक्रममा निकै रुचाईएकी गायिका हुन। सुमन बिटि र पवित्रा यात्रीको आवाज रहेको सो गितमा शम्भु नेपालको शब्द रचना रहेको छ। नारायण दंगालको संगित सम्पादन रहेको सो गितमा रामजी थापा मगरको संगित रहेको छ। खडक बाजुरालिको मिक्सिङ्ग माष्टरीङ्ग रहेको सो गितमा सागर बाजुरालि रेकर्डिष्ट रहेका छन। सार्वजनिक भिडियोमा पवित्रा यात्री,हरि पाठक,नारायण पौडेल,सविना श्रेष्ठ र सम्झना शर्माको अभिनय रहेको छ।त्यस्तै, बालकलाकार तर्फ दिपाशा लामा,सुरबी बानियाँ र साम्बी लामिछानेको अभिनय रहेको छ। सार्वजनिक सो भिडियोले बुबा आमा बिचको सम्बन्धमा मेल नहुँदा बाल बालिकामा पर्ने नकारात्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज